काठमाडौं । छिमेकी राष्ट्र चीन र डाेल्पा बिचकाे सिमानाका खुलाउनकाे लागि प्रतिनिधि सभा सदस्य तथा पुर्व पर्यटन राज्यमन्त्री धन बहादुर बुढा विभिन्न निकायका व्यक्ति संग भेटघाट तथा छलफलमा गर्न थालेका छन । चीन र डाेल्पाकाे मरिम,क्याटाे सिमानाका खुलाउन सहजीकरण गर्न माग गर्दै प्रतिनिधि सभा सदस्य तथा पुर्व राज्यमन्त्री धन बहादुर बुढा,शे-फाेक्सुण्डाे गाउँपालिका डाेल्पाका अध्यक्ष धावासम्डुक गुरुङ,डाेल्पाेबुद्व गाउँपालिका डाेल्पाका स्थानीय युवा पेमा छेयाेङ भाेटे र परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राई बिच छलफल भएकाे छ ।
छलफलमा नेपालकाे उत्तरी क्षेत्र चीनकाे सिमानाका हेर्ने परराष्ट्र मन्त्रालयका सहसचिव राईले मरिम र क्याटाे नाका खाेल्न सरकारले पहिलो प्रथामिकता दिने बिश्वास दिलाएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” काे केही दिन पछि हुने छिमेकी राष्ट्र चीन भ्रमणको क्रममा मरिम र क्याटाे नाका खुलाउने बिषयमा पहिलाे प्रथामिकता हुने सहसचिव राईले बताएका छन।
नेपालकाे उत्तरी भेग डाेल्पाकाे मरिम र क्याटाे नाका संचालनमा आए डाेल्पाली जनतालाई मात्र नभई सिंगाे देशलाई फाईदा हुने प्रतिनिधि सभा सदस्य तथा पुर्व पर्यटन राज्यमन्त्री धन बहादुर बुढाले बताए । मरिम र क्याटाे नाका खुलेपछि नुन तेल चामल देखि खाध्यन्न सामाग्री र विभिन्न विकास निर्माणमा प्रयाेग गरिने सामाग्री सस्ताेमा सहजै स्थानीयले उपलब्ध गर्न सक्ने सांसद बुढाले बताए । केही दिनपछि प्रधानमन्त्री प्रचण्डकाे चीनमा हुने भ्रमणको क्रममा मरिम र क्याटाे नाका खुलाउनकाे लागि पहिलो प्रथामिकता दिन आग्रह गरिएको र प्रधानमन्त्री सकरात्मक रहेको सांसद बुढाले बताए । बि.सं २०७० देखि यता यसअघिका बर्षहरुमा विभिन्न समयमा विभिन्न प्रधानमन्त्री चीन भ्रममा गए सबैलाई मरिम र क्याटाे नाका खुलाउन आग्रह गरेकाे सांसद बुढाले बताए । मरिम र क्याटाे नाका डाेल्पालीहरुकाे लागि मुख्य ब्यापारीक नाका रहेकाे हुदा संचालनकाे लागि विभिन्न निकाय संग सधैं लागिपर्ने उनले बताए ।
फोक्सुण्डो खबर । २ आश्विन २०८०, मंगलवार