धेरैमा देखिएको समस्या..?
मैले कसैलाई दोष दिन चाहिन र दिएर केही हुनेवाला पनि छैन किन भने हुने भईसके र आगामीका दिनहरुको लागि पाठ सम्झिने छु।
बिद्यार्थी भाई बहिनीहरुको परिचय पत्र, नागरिक्ता र शैक्षिक प्रमाणपत्रमा काहीँ कतै नामथरका हिज्जे, जन्म दर्ता,बाबाआमाका नामथर जस्ता फरक परेको देखेँ जस्ले गर्दा अभिबाभकहरु,बिद्यार्थी स्वयम र आफान्तहरुले ठुलो सनस्या झेलेको देख्छु। अनिवार्य ब्यक्ति स्वयम उपस्थित हुनु पर्ने भएकोले बिशेष गरि दुरदराज र दुर्गमका बिद्यार्थीहरुमा यो समस्या देखिएको छ। बिद्यार्थीलाई सदरमुकामसम्मा गर्नुपर्ने खर्च नहुने,अभिबाभकहरुमा छोराछोरीलाई चाहिने खर्चा ब्यहोर्न नसक्नु र गुम्बामा अध्यायनरत लामा भिक्षुहरुले भाषा समेत नबुझ्ने जस्ता बिभिन्न कारणले समस्या झेलेका छन। यो सानातिना समस्या कदापी हैन।
नीती नियम नमान्ने भन्ने पनि हैन। जिल्लाका सरोकारवाला, बिशेष गरि सिडियो साप(प्रमुख जिल्ला अधिकारी र साहायक) हरुले पनि ब्यक्ति स्वयम अनिवार्या उपस्थित हुनुपर्ने भन्नु पनि जायज नै हो। नागरिकता,परिचय पत्र र शैक्षिक प्रमाण पत्र जस्ता बिषय धेरै संबेदनशील बिषय हो पनि।
हाम्रो एउटा बैकल्पिक सुझाप तथा आग्रह केहो भने, जिल्लादेखि बाहिरा रहेका यस्ता समस्या झेलिने बिद्यार्थीहरुको हकमा सम्बन्धीत पालिकाको वडा अध्यक्ष,उपाध्यक्ष,पालिका अध्यक्ष या प्रमुख प्रशासकिय अधिकृत मध्ये कुनै एउटाको साक्षी/रोहोबरमा संसोधन गर्न मिल्नेसम्मा भए पनि धेरै नै राहात हुने थियो।
यदि त्यो पनि नभएको खण्डमा हाल कर्णाली प्रदेशको लागि राष्ट्रिय परिचय पत्रको फाराम जिल्ला समन्व्य कार्यलय ललितपुरलाई कार्याभार दिएको जस्तै यो समस्याको हल पनि त्यतैबाट गरियो भने हामी दुरदराजका जनतालाई ठुलो टेवा पुग्ने छ। तर यो निर्णय मनमर्जीले हुने त हैन नै तर यत्तिसम्माको सुबिधा भयो भने हामी भने धेरै नै हर्षित हुने छाै।
~ पेमा वाङछेन गुरुङ
उपाध्यक्ष – शे-फाेक्सुण्डाे गाउँपालिका डाेल्पा
फोक्सुण्डो खबर । १५ पुष २०८०, आईतवार