डाेल्पा । डाेल्पाकाे सदरमुकाम दुनै बजार लगाएत जिल्लाका अधिकांश क्षेत्रमा गत आइतबारदेखि नेपाल टेलिकमकाे फाेन सेवा र इन्टरनेट सेवा अबरुद्ध हुँदै आइरहेको छ। बेलुकी पख देखि विहाना ९ बजे सम्म सञ्चार सेवा अबरुद्ध अबरुद्ध हुदा हजारौं नागरिक सेवा विहिन हुने गरेका छन ।
छिमेकी जिल्ला जुम्ला हुँदै डाेल्पा रिले नेटवर्क मार्फत संचार संचालन भैरहेकोले जुम्ला डाेल्पा सिमानामा पर्ने माैरे लेकमा रहेकाे रिले टावरमा समस्या हुदा साझ पख संचार सेवा अवरुद्घ हुने समस्या आएकाे नेपाल टेलिकम दुर संचार कार्यालय डाेल्पाका सहायक प्रशासकीय अधिकृत जयलाल बुढाथोकीले बताए । साझ पख नेटवर्क जाने समस्या हुने भएकाे हुदा व्याकपमा समस्या भएकाे हुन सक्ने तर खास के समस्या भएकाे छ भन्ने दुर संचार जुम्लाबाट टाेली माैरे तर्फ गएकाे अधिकृत बुढाथोकीले बताए ।
फोक्सुण्डो खबर । ८ जेष्ठ २०८१, मंगलवार