सराेज थापा,
डोल्पा । तिप्ला युथ क्लबले आयोजना गरेको खुल्ला फुटबल प्रतियोगितामा तिप्ला युथ एसोसिएसनले प्रथम स्थान हासिल गर्दै एक लाख पन्द्र हजार पुरस्कार सिल मेडल र प्रमाणपत्र हात पारेको छ । आयोजनामा दोस्रो स्थान हालिस गरेको युथ क्लब थालाले साठी हजार नगद ,शीत ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा राम्रो प्रदशन गरेको बुलेट फुटबल क्लब इल मुडकेचुलाले तेस्रो स्थान हालिस गरेकोले नगद तीस हजार ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
तिप्ला युथ एसोसिएसन ठुलिभेरी नगरपालिका वडा नम्बर ४ ले खेलको आयोजना गरि जिल्लाभरका खेलाडिहरुको खेल प्रतिको मोह बढाउन , स्वास्थ्य लागि खेल , राष्ट्रकोलागी खेल भन्ने उदेश्यले खेलको आयोजना गरि सवार्द पुर्ण तरिकाले खेल सम्पन्न गरेको तिप्ला युथ एसोसिएसनका अध्यक्ष सुरेश बुढाले उल्लेख गरे । खेल अबधिभर खेल खेल्ने अनुसासित खेलाडी र उत्कृष्ट मिड फिल्डर थाला युवा क्लबका खेलाडीले पाएका थिए । उत्कृष्ट गोल किपर , उत्कृष्ट डिफेन्डर तिप्ला युथ एसोसिएसनका खेलाडीले प्राप्त गरे भने रिसि बुढा खेल अबधिभरको सर्बोउत्कृष्ट खेलाडी भए । खेल अबधिभरको इनर्जेटिक खेलाडी मुड्केचुलाका गनेश रोकाया समेतलाई पुरस्कार र ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो । अध्यक्ष बुढाको अनुसार सम्पुर्ण बिदामा पुरष्कृत गर्नको कारण खेल र खेलाडिहरुको हौसला र खेल प्रतिको लगाबका कारण पुरष्कृत गरिएको अध्यक्ष सुरेश बुढाथोकीले बताए ।
खेल कार्तिक २१ गते उद्घाटन गरिएको खेल मंसिर एक गते सम्पन्न भएको हो । खेलामा जिल्लाभरी बाट १६ वटा फुटबल टिमहरुले सहभागिता जनाएका थिए । खेलमा प्रथम , दोस्रो र तेस्रो स्थान आउने खेलाडिहरु १६ टिमहरुलाई पराजित गर्दै आफ्नो स्थान पक्का बनाउन सफल भएका हुन । खेल अबधिभर कुनै खालको बिबाद नभएर नै खेल सम्पान्न गर्दा धेरै खुसी भएको आयोजकले जनाएको छ । करिब १०/ १२ दिन सम्म खेल संचालन भएर खेल सम्पन्न भएको आयोजक तथा तिप्ला युथ एसोसिएसनका अध्यक्ष सुरेश बुढाथोकीले बताए । खुल्ला आयोजना गरेको फुटबल खेलमा राजनैतिक दल ,समन्वय प्रमुख श्यम रोकाया, ठुलिभेरी नगरप्रमुख स्वबर्ण कुमार बुढा ,प्रमुख जिल्ला अधिकारि रोम बहादुर महत , वडा अध्यक्षहरु जनप्रतिनिधिहरु लगाएत सरोकारवालाहरुको सहभागितामा खेल सम्पन्न भएको छ ।
फोक्सुण्डो खबर । २ मंसिर २०८१, आईतवार