डाेल्पा । डोल्पामा जिल्ला उपनिर्बाचन आचाररंहिता अनुगमन समितिका संयोजक एवम् मुख्य निर्वाचन आधिकृत तथा माननीय जिल्ला न्याय चन्द्रदेव भारतिको अध्यक्षतामा बैठक बसी निर्वाचन आचारसंहिता २०७९ कार्यन्वयन गर्न छलफता तथा अन्तक्रिया गरी ३ बुदे निर्णयहरु गरिएको छ ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ ल्हाँ मा वडा अध्यक्षको लागि उपनिर्बाचनको मिति नजिकिँदै गर्दा हुन लागेको वडा अध्यक्षको निर्बाचन स्वच्छ , निष्पक्ष ,स्वतन्त्र र धाधली रहित तरिकालेले सान्तिपुर्ण तरिकाले सम्पन्न गर्नको लागि उपनिर्बाचन आचारसंहिता अनुगमन समितिको बैठक बसि ३ बुदे निर्णय गरिएको छ ।
१) मिति २०८१ मंसिर २ गतेदेखि निर्वाचन सम्पत्व नभएसम्म का लागि निर्वाचन आयोग नेपालबाट लागु गरिएको निर्बाचन आचारसंहिता २०७९ मा भएको सम्पूर्ण व्यवस्था. (निर्वाचन आचारसंहिताहरु) राजनीतिक दल, दलको भातृ संगठन, उम्मेदवार, कर्मचारी, सुरक्षा निकाय, राज्चारकर्मी, मतदाता लगायत सम्बन्धित सबैले पालना गर्ने, गराउने र गर्न लगाउने ।
२) कसैले आचारसंहिता उल्लङ्घन गरेमा आचार – संहिता पालनाको लागि निर्देशन दिने र निर्देशन को पालना नभएमा आवश्यक कार्बाहिको लागि प्रक्रिया अगाडि बढाउने ।
३) स्थानीय तह उपनिर्वाचन २०८१ स्वच्छ, स्वतन्त्र , निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगबाट सम्पन गर्न आ-आफ्फो तर्फवाट भूमिका निर्वाह गर्ने भनी ३ बुदे आचारसंहिता सर्बसहमतिले बनाईएको छ ।
छलफलमा जिल्ल अदालत डोल्पाका श्रेष्तादार हरि गोपाल ज्ञावलिले सबैलाई उपनिर्वाचन निष्पक्ष हुने कुरामा बिस्वस्त हुन आग्रह गर्नुभयो । चुनाब सम्पन्न गर्न सबै जिम्मेवार निकायहरु बाट सहयोगको अपेक्षा गरेको जानकारी गर्दै जिल्ला न्यायाधीश तथा मुख्य निर्बाचन अधिकृत चन्द्रदेभ भारतिले सबैले आचारसंहिता पालना गर्न गराउन अनुरोध गर्नुभयो । पहिलो पटक सदरमुकाम बाहिर गएको अनुभब बताउदै दुर्गममा काम गर्न समेत गारो हुने , जिल्लामा मुद्दाहरूको बक पत्र , पेशी र फैसला गर्नु पर्ने अर्को तर्फ निर्बाचन सम्पन्न गर्नु पर्ने जिम्मेवारी भएको बताउनु भयो । मुख्यनिर्बाचन अधिकृत भारतिका अनुसार सबैलाई इमानदारीताका साथ नियम कानमा रहि कम्म गर्न गराउन आग्रह गर्नु भयो , कानुनी प्रक्रियामा त्रुटि कोहि कसैलाई नगर्न जनकारी गर्दै यदि कोहि कसैले नियम कानुन मिचेर काम कार्य गर्छ भने कानुनी प्रक्रियामा आफू कडै तरिकाले प्रतुस्त हुने समेत जानकारी गर्नु भयो ।
सुरक्षाको हिसाबले चारै वटा निकाया परिचालन भएको , प्रमुख जिल्ला अधिकारी रोम बहादुर मतले जानकारी गर्नु भयो । प्रजिअ महतका अनुसार आबश्यकतामा प्रशासन र सुरक्षा निकाया तयार अबस्थामा रहेको जानकारी गर्नु भयो । जिल्ला निर्बाचन अधिकारी श्याम कुमार राईले उपनिर्वाचन २०८१ सम्पन्न गर्न आचारसंहिता सबैले पालना गर्न गराउन अनुरोध गर्नुभयो ।
फोक्सुण्डो खबर । ८ मंसिर २०८१, शनिबार