डाेल्पा भिरबाट खसेको ढुङ्गा लागेर एकजना भरिया गम्भीर घाइते

डोल्पा । डोल्पामा ढुङ्गा लागेर एक भरिया गम्भिर घाईते भएका छन ।  बाँफीकोट गाउँपालिका वडा न ७ मग्म रुकुमपश्चिम बर्ष ४० को मन बहादुर खत्री गम्भिर घाईते भएका हुन । ठुलीभेरि नगरपालिका १० को मुलपानी भन्ने ठाउँमा बिहान फोक्सुण्डो जाने क्रममा ढुङ्गा लागेर दुबै खुट्टा भाँचिएको छ ।

भवन निर्माणको लागि प्रयोग हुने पोल बोकेर फोक्सुण्डो जादै गरेका खत्री बुधबार बिहान ढुङ्गा लागेर घाईते भएकाे जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयाे । डिएसपी केसीका अनुसार दुबै खुट्टा भाँचिएका खत्रीको नेपाली सेनाले उद्धार गरेर जिल्ला अस्पताल सम्म ल्याइएकाे हाे।

डोल्पा सदरमुकाम दुनै हुदै ठुलीभेरी नगरपालिका ११ जोड्ने सड्क निर्माण भइ रहेको छ । उक्त क्षेत्रमा सड्क निर्माण गर्ने क्रममा खसेको ढुङ्गा लागेर खत्रीको दुबै खुट्टा भाँचिएको छ। गम्भीर घाइते खत्रीकाे अरु शरिरमा पनि चोट छ भने दुबै खुट्टा भाँचिएर हड्डि समेत बाहिर निस्किएको  स्थानीय प्रताप रोकायाले बताउनुभयो । घाइते खत्रीकाे हाल जिल्ला अस्पताल डोल्पामा उपचार भई रहेको छ ।

तपाईको प्रतिक्रिया