डाेल्पा । डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १० मा पर्ने लिकु स्वास्थ चौकिलाइ पोषण मैत्री स्वास्थ सस्था घोषणा गरिएकाे छ। । स्वास्थ्य सेवा कार्यालय डाेल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र बिश्व खाध्य कार्यक्रम एमडिआइ नेपालले विभिन्न सुचककाे आधारमा लिकु स्वास्थ्य चाैकीलाई पाेषण मैत्री स्वास्थ्य संस्था घाेषणा गरिएको हाे ।
स्वास्थ्य संस्थाले आफ्नो क्षेत्र भित्र पर्ने ६ महिना देखि ५९ महिना भित्रका बालबालिकाले वर्षमा २ पटक भिटामिन’ए’क्याप्सुल वितरण गरेको र जसको प्रतिशत ९०%भन्दा माथि , १२ देखि ५९ महिनाका बालबालिकाहरूले जुकाको औषधि वर्षमा २ पटक पाएको प्रतिशत ९० भन्दा माथि , २४ महिना सम्मका बालबालिकाले नियमित वृद्धि अनुगमन गरेको औसत पटक , पुर्ण खोप युक्त स्वास्थ्य संस्था घोषणा लगाएतका पोषण मैत्रीका लागि स्वास्थ्यका सबै सुचक पुरा गरे पछि स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले जानकारी दिनुभयो।
पाेषणा मैत्री स्वास्थ्य संस्था घाेषणा गरिएता पनि बालिकाहरुमा पाेषणकाे कमी आउन नदि फ्लाेअपका रुपमा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेकाे त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताएका छन। जिल्लामै पहिलो पाेषण मैत्री स्वस्थ्य संस्था बनाउन विभिन्न स्थानबाट भुमिका खेल्ने सबैलाई प्रमुख प्रशासकीय अधिकृत धरालाले धन्यवाद व्यक्त गरेका छन।
बालबालिकालाई पाेषणमा कमी आउन नदिन बिश्व खाध्य कार्क्रम तथा एमडिआइ नेपालले बाल स्वास्थ्य तथा पाेषण कार्यक्रम अन्तरगत डाेल्पाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट पाेषण युक्त पिठाे वितरण गर्दै आइरहेकाे एमडिआइ नेपाल डाेल्पाका कार्यक्रम संयाेजक रघुविर थापाले जानकारी दिनुभयो।
फोक्सुण्डो खबर । १४ मंसिर २०८१, शुक्रबार