जिल्ला अस्पताल दुनै ल्याउन प्रयाेग गरिएको खानेपानीकाे पाइप अपरिचित व्यक्तले काटिदिए

डाेल्पा । जिल्ला अस्पताल दुनै सम्म खानेपानी ल्याउन प्रयाेग गरिएकाे खानेपानीकाे पाइप अपरिचित व्यक्तिले काटिदिएका छन। ठुलीभेरी नगरपालिका -४ तिप्ला खाेलाबाट सिधै पाइप मार्फत  जिल्ला अस्पतालमा खानेपानी ल्याइएकाे थियाे।

जिल्ला अस्पतालका स्टाफ, बिरामी, कुरुवा लगाएतले प्रयाेग गर्दै आएकाे खानेपानी केहि दिन देखि नआएपछि शनिबार  अस्पताल कर्मचारिहरु आफै गएर हेर्दा ठाँउ ठाँउमा पाईप काटेर फालिएको भेटिएको हाे। अस्पताल कर्मचारीले ठाउँ ठाउँ काटिएको पाइप बनाएर काम चलाउ गरेतापनि दिर्घकालिन समस्या हुने देखिएको छ।

सबैको साझा सम्पति त्यसैमा अस्पताल जस्ताे संवेदनशिल क्षेत्रमा प्रयाेग गरिने खानेपानीका पाइप काट्ने क्रियाकलाप बन्द गरिदिन जिल्ला अस्पताल दुनैले आग्रह गरेकाे छ।

तपाईको प्रतिक्रिया