डाेल्पामा युवा मानवअधिकार रक्षक सञ्जाल गठन,अध्यक्षमा तुफान डाँगी

डोल्पा – जिल्लामा जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बीच तुफान डाँगीको अध्यक्ष्ातामा मा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । उपाध्यक्षमा हिरा वि.क, समावेसी उपाध्यक्षमा पवि शाही , महासचिवमा सन्देश नेपाली, सचिवमा मेनुका बुढा, सहसचिवमा लाल बहादुर बोहरा , कोषाध्यक्षमा लक्ष्मी थापा, सहित ३५ सदस्यीय युवा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको हो ।

ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल)ले युवा मानवअधिकार रक्षक सञ्जाल गठन गर्नुका साथ अभिमुखिकरण कार्यक्रम सञ्जालन गरिएको हो ।

यसैगरी जिल्ला युवा भेलामा सहभागी भएका नव युवाहरूलाई मानव अधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । अभिमुखिकरण कार्यक्रममा मानवअधिकारको अवस्था र मानवअधिकार प्रवर्धन र संरक्षणका विषयमा मानवअधिकार कर्मी रण बहादुर कार्कीले सहजीकरण गरेका हुन् । यस्तै मानवअधिकार रक्षक र भुमिका, काम कर्तव्य अधिकारीको विषयमा पनि प्रस्तुतीकरण भएको थियो ।

गाउँ समाजमा हुने विकृति, कुरिति, मानवअधिकार उल्लंघनका विषयमा मानवअधिकार रक्षकले खबरदारी गर्नुका साथ सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु पर्दछ ।

प्रमुख जिल्ला अधिकारी राेम बहादुर महत का अनुसार मानवअधिकार रक्षक निष्पक्ष, अनुशासित र स्वतन्त्र हुनु पर्दछ । उनले भने, गाउँ समाज हुने विकृतिका विषयमा आवाज उठाउनुका साथै कानुनले व्यवस्था गरेका निकायमा खबर गर्नुपर्दछ । डिएसपी हरि कृष्ण केसीले अध्ययन गर्नु र सक्नु युवाको कर्तव्य रहेकोे बताए ।

रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकका अनुसार मानव अधिकारको विषयमा बोल्न र काम गर्नको लागि अध्ययनशिल र निष्पक्ष हुनु पर्छ । उनले भने, जिल्लामा मानवअधिकार रक्षक संजाल गठन भएको छ । संजालका सवै सदस्य संगठित भएर मानवअधिकार उल्लघंनका विषयमा आवाज उठाउनुका साथै सरोकारवाला निकायको ध्यानाकर्षण गुर्न पर्दछ।

तपाईको प्रतिक्रिया