पाइले हिमाल युवा क्लब काइगाउँ डाेल्पाकाे खेलकुद तथा सांस्कृतिक कार्यक्रम उद्घाटन

डाेल्पा । जगदुल्ला गाउँपालिका वडा नं. २ मा रहेकाे पाइले हिमाल युवा क्लबकाे आयाेजनामा संचालित खेलकुद तथा सांस्कृतिक कार्यक्रमकाे उद्घाटन गरिएको छ। यहीँ माघ ६ गते देखि ११ गते सम्म संचालन हुने कार्यक्रम आइतबार जगदुल्ला गाउँपालिका उपाध्यक्ष अमृता लामाले उद्घाटन गरेकी हुन ।


आइतबार देखि पहिलो चरणमा खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। ब्याडमिन्टन प्रतियोगितामा जिल्ला भरबाट १६ टिम सहभागी भएका छन । यस्तै महिला भलिबल प्रतियोगितामा ३ टिम , महिला फुट्सलमा ५ टिम सहभागी भएकाे पाइले हिमाल युवा क्लबका अध्यक्ष हरिमान थापा(अमृत) ले जानकारी दिए । यी प्रतियोगिता सम्पन्न भएपछि स्थानीय पुर्खेउली खेलहरु खेलाइले, स्थानीय भेषभुसा सहित स्थानीय कला सांस्कृतिक प्रदर्शन गरिने अध्यक्ष थापाले बताए । यस्तै कार्यक्रमकाे अन्तिममा लाेकदाेहाेरी प्रतियोगिता पनि हुने उनले बताए ।

यस पाइले हिमाल युवा क्लबकाे  खेलकुद लगाएत सांस्कृतिक कार्यक्रम संचालन सम्पन्न गर्नकाे लागि देश तथा विदेश बाट सहयाेग गर्ने सबै सहयाेगी मनलाई क्लबका अध्यक्ष हरिमान थापा(अमृत) ले बिशेष धन्यवाद दिएका छन ।

तस्बिर : भाष्कर बस्नेत 

तपाईको प्रतिक्रिया