डाेल्पा । पाइले हिमाल युवा क्लब काइगाउँ डाेल्पाले आयाेजना गरेकाे महिला भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ। काइगाउँ बासीकाे ठुला बिशेश चाडपर्व माघिकाे अवसर पारेर आयाेजना गरिएको महिला भलिबल प्रतियोगितामा त्रिपुरासुन्दरी नगरपालिका वडा नं.११ बन्तडी महिला भलिबल टिम प्रथम भएकाे छ। यस्तै उक्त प्रतियोगितामा जगदुल्ला गाउँपालिका वडा नं. ४ चाैरीकाेट द्वितीय र जगदुल्ला गाउँपालिका वडा नं. २ काइगाउँ महिला भलिबल टिम तृतीय भएका छन। प्रतियोगितामा ५ टिमकाे सहभागीता रहेकाे थियाे।
महिला भलिबल प्रतियोगिता लगाएत विभिन्न खेलकुदमा विभिन्न स्थान ल्याउने खेलाडी र टिमलाई यही माघ ११ गते मेडल प्रमाण पुरस्कार वितरण गरिने पाइले हिमाल युवा क्लब काइगाउँका अध्यक्ष हरिमान थापा अमृतले जानकारी दिए ।
फोक्सुण्डो खबर । १० माघ २०८१, बिहीबार