डाेल्पा । मुड्केचुला गाउँपालिका वडा नं. ८ ओक्ट बर्ष ३० कि गर्भवती आमा दुर्गा बुढालाई शनिबार विहाना सुत्केरी व्यथाले च्याप्याे । गाउँमा भएका मान्छेहरु उपलब्ध भएर गर्भवती दुर्गालाई करिब दुई घण्टाकाे बाटाेमा स्टेचरमा बाेकेर सर्मी स्वास्थ्य चाैकीमा पुर्याए ।
स्वास्थ्य चाैकीमा नत दक्ष जनशक्ति थियाे नत औंषधी थियाे नत उपकरण थियाे । सर्मी स्वास्थ्य चाैकीमा केही समय सामान्य चेकजाँच गरेर स्वास्थ्य चाैकी राजिकुम्द रिफर गरियाे । सर्मीबाट राजिकुम्दा स्वास्थ्य चाैकीँ पुग्न पैदल करिब ३ घण्टा लाग्छ।
बेथाले च्यापेकी गर्भवती दुर्गालाई सर्मीबाट स्थानीयकाे सहयाेगमा रायगाड खाेला सम्म पुर्याए । त्यसपछि अस्थायी प्रहरी चौकी नर्कु बाट प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्दको प्रहरी टोलिले बिरामी दुर्गा बुढा लाई स्टेचरमा बाेकेर राजिकुम्दा स्वास्थ्य चाैकीमा पुर्याएर उपचारको लागि भर्ना गरिएको छ।
गर्भवती विरामी दुर्गा बुढा र उनका श्रीमान चाउरे बुढा दुवै जना मानसिक र शारीरिक रुपमा अशक्त छन। दुवै जना नबाेल्ने काना नसुन्य भएकै कारण बेथाले च्यापेर थला पर्दा समेत कसैले थाहा नपाएको र थाहा पाउँदा पनि शारीरिक मानसिक अशक्त भएकै कारण उद्वारमा गाउँ समाजले खासै चासाे नदेखाएकाे पाइएकाे छ। गर्भवती बेथाले च्यापेर विरामी भएर उपचाररत बिरामी दुर्गा बुढाकाे ताैल जम्मा ३० केजी रहेकाे राजिकम्दा स्वास्थ्य चाैकी इन्चार्ज युवराज थापाले बताए । इन्चार्ज थापाले भने नेपाल प्रहरी, स्थानीय बासिन्दाकाे सहयाेगमा यहाँ ल्याएर उपचार भैरहेको छ। अवस्था गम्भीर भएपनि अहिले राति भैसक्याे अब हामीले भएकाे उपकरण जनशक्ति प्रयाेग गरेर उपचार गर्ने प्रयास गरेका छाै।
दुर्गम ठाउँहरुमा तत्काल आवश्यक पर्ने भनेकाे गर्भवती महिलालाई उपचार गर्ने हाे । तर स्थानीय तहहरुमा व्यवस्थीत अस्पताल, जनशक्ति र औषधी नहुदा सबैभन्दा बढि गर्भवती महिलाई कष्टकर हुने र कतिपयले अकालमै ज्यान गुमाउने गरेका छन।
फोक्सुण्डो खबर । १२ माघ २०८१, शनिबार