डाेल्पा । पाईले हिमाल युवा क्लब जगदुल्ला गाउँपालिका-२ काईगाउँले आयाेजना गरेकाे खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएकाे छ। काईगाउँ बासीकाे बिशेश पर्व माघिकाे अवसरमा संचालन गरेकाे जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा हुरिकाेटका बिनाेद लामा र गाेपाल लामाकाे टिम प्रथम भएकाे छ। यस्तै उक्त प्रतियोगितामा सागर बुढा र सरद लामाकाे टिम द्वितीय भएकाे छ भने मुड्केचुलाका गाेरिलाल राेकाया र मनिराम बुढाकाे टिम तृतीय भएकाे छ।
यहीँ माघ ६ गते देखि संचालन भएकाे खुल्ला ब्याडमिन्टन प्रतियोगितामा जिल्लाभरबाट १६ वटा टिम सहभागी भएका थिए। ब्याडमिन्टनमा प्रथम हुने टिमले रु ३० हजार, द्वितीय हुने टिमले रु २० हजार र तृतीय हुने टिमले रु १० हजार रुपैयाँ पुरस्कार सिल्ड मेडल प्रमाणपत्र पाएका छन ।
खेल अवधिभर अनुशासित र मर्यादित तरिकाले खेलकुदमा सहभागी भएकाे भन्दै खेलाडीहरुलाई पाईले हिमाल युवा क्लबका अध्यक्ष हरिमान थापा अमृतले धन्यवाद व्यक्त गरेका छन। दिउँसो हावा चल्न थालेपछि अस्थायी कबर्डहल बनाई राति खेल संचालन गरिएको थियाे। राति बत्ती बालेर खेल संचालन हुदा नयाँ अनुभव लिन पाएकाे खेलाडीहरुले बताएका थिए ।
यस्तै महिला भलिबल प्रतियोगिता, महिला फुटसल प्रतियोगिता, भाटाे तान्ने लगाएतका खेलकुद संचालन गरिएको थियाे। विभिन्न खेलकुदमा विभिन्न स्थान ल्याउने टिम र खेलाडीलाई आज शनिबार पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको छ। यस्तै लाेक सांस्कृतिक कार्यक्रम गरि कार्यक्रमकाे भव्य रुपमा समापन गरिएको पाईले हिमाल युवा क्लब काइगाउँ डाेल्पाले जनाएको छ।
फोक्सुण्डो खबर । १२ माघ २०८१, शनिबार