विष्णुप्रसाद देवकोटा,
डाेल्पा । मुड्केचुला गाउँपालिका वडा नं. ४ ईल गाउँको एक घरमा आगलागी हुंदा एक बृद्धको मृत्यु ज्यान गएकाे छ। आगलागीबाट कच्ची दुई तले घरमा पुर्णरुपमा क्षेती भएको छ ।
ईल गाउँ स्थित बादी सार्कीको घरमा बुधबार विहान ९ बजेको समयमा आगलागी हुंदा ७५ वर्षीय बृद्द बादी सार्कीको सुतेको अवस्थामा जलन भएर मृत्यु भएको वडानम्बर ४ का वडाअध्यक्ष कृति बहादुर बुढाले जानकारी दिनुभयो।
वडाअध्यक्ष बुढाका अनुसार बृद्धअवस्थाका ७५ बर्षीय बादी कामी शारीरिक अशक्तकाे कारण घरभित्र अगेना चुलाे नजिक सुतिरहेको अवस्थामा ओढेको बल्ङकेट चुलोमा परेर जल्दा आगलागी भएको बताइएको छ।
आगलागीबाट दुईतले माटो ढुङ्गा र काठले बनेको घर जलेर पुर्णरुपमा नष्ट भएको छ । मृतक कामीका ज्वाइँ र छोरी काम विशेषले खेतवारीमा गएको अवस्थामा घर आगलागी भएको थियो । आगलागी पछि ईल स्थित प्रहरी चौकीका सुरक्षाकर्मी स्थानीय लागेर गोठमा भएका पशुचौयाको सकुशल उद्दार गरिएको थियो ।
वडाअध्यक्ष बुढाका अनुसार आगलागीबाट के कति क्षति भयो भन्ने कुराको मुल्यांकन मुचुल्का भइरहेको छ । आगलागी खवरपछि जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धान टोलि घटनास्थल तर्फ आउन लागेको समेत वडाअध्यक्ष बुढाले बताउनु भयो ।
फोक्सुण्डो खबर । १६ माघ २०८१, बुधबार