डाेल्पा । नेपाल टेलिकम डाेल्पाले २ सय ३३ थान फाेरजी सिमकार्ड निशुल्क वितरण गरेकाे छ। डाेल्पाकाे ठुलीभेरी नगरपालिका वडा नं. ५ र ६ मा पर्ने माझफाल, काँडाताली, थरगाउँ, दूरगाउँ का स्थानीय बासिन्दालाई नेपाल टेलिकम डाेल्पा शाखाले निशुल्क 4G सिमकार्ड वितरण गरिएकाे नेपाल टेलिकम डाेल्पा शाखाका टेलिकम टेक्निसियन नवराज भट्टराईले जानकारी दिनुभयो । दुर्गमका स्थानीय ग्राहकलाई सुचना प्रविधिको पहुँचमा पुर्याउने उदेश्यले गाउँमै पुगी निशुल्क सिमकार्ड वितरण गरिएको भट्टराईले बताउनुभयो।

नेपाल टेलिकम डाेल्पाका टेलिकम टेक्निसियन भट्टराईका अनुसार त्रिपुरासुन्दरी नगरपालिका स्थित रसिको लेकबाट फाेरजी नेटवर्ककाे लिङ्क जडान भएको हुदा हाल रसी लेककाे टावरबाट ठूलीभेरी नगरपालिका वडा नं. ५, ६, १०, ११ सम्म कभरेज रहेको छ। निशुल्क फाेरजी सिमकार्ड घरआगनमै पाउँदा स्थानीय खुसी भएका छन ।
फोक्सुण्डो खबर । १९ माघ २०८१, शनिबार