डाेल्पा । सालनाल अड्केर गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी एक महिलाकाे राष्ट्रपति महिला उद्दार काेष मार्फत उद्दार गरिएकाे छ ।ठूलिभेरी नगरपालिका-१० रह गाउँकि १९ वर्षिया जुना विककाे नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्दार गरि सुर्खेत लगिएकाे हाे ।
यहीँ माघ १८ गते आफ्नै घरमा सुत्केरी भई सालनाल ननिस्केर पाठेघरकाे मुख बन्द भई गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी जुना विकलाई शनिवार विहान मात्र जिल्ला अस्पताल डाेल्पामा पुर्याइएकाे थियाे । सालनाल ननिस्केर पाठेघरकाे मुख बन्द भई गम्भीर अवस्थामा अस्पताल ल्याइएकी विककाे अत्याधिक रक्तश्राब भएपछि जिल्ला अस्पताल दुनैले रगत चढाएर अस्पतालकाे समन्वयमा राष्ट्रपति महिला उद्दार काेष मार्फत उद्दार गरिएकाे जिल्ला अस्पताल डाेल्पाका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनु भयाे । ठूलिभेरी नगरपालिकाकाे वडानम्बर १० रह गाउँ जिल्ला अस्पतालकाे नजिककाे दुरिमा रहेकाे गाउँ हाे ।
तर अस्पतालकै आंखाकाे डिलमा रहेकाे रह गाउँमा अहिले पनि स्वास्थ्य संस्थामा आएर सुत्केरी गराउनु पर्छ भन्ने सम्मकाे चेतना नभएका कारण अकालमा ज्यान जाने जाेखिम कायम नै छ ।
समयमै अस्पतालमा आएर स्वास्थ्य परीक्षण लगायत सुत्केरी गराउने बानि नभएकाे र अन्तिम अवस्थामा मात्र अस्पतालमा ल्याउने प्रबृत्तिले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेकाे डाक्टर अखण्ड उपाध्यायले बताउनु भयाे । बाल बिवाहाकाे कारण पनि स्वास्थ्य अवस्था कम्जोर हुने उहाँले बताउँनु भयाे।
फोक्सुण्डो खबर । १९ माघ २०८१, शनिबार