डाेल्पाकाे साविककाे माझफाल गाविसमा नेपाल टेलिकमकाे 4G नेटवर्क सुचारु

डाेल्पा । ठुलीभेरी नगरपालिका वडा नं. ५ र ६ मा पर्ने साविकाे माझफाल गाविसका विभिन्न गाउँ वस्तिहरुमा नेपाल टेलिकमकाे फाेरजी नेटवर्क संचालनमा आएकाे छ। आज माघ १९ गते शनिबार बेलुका देखि माझफाल, थरगाउँ, दुरगाउँ, काडाँताली लगाएतका आसपासका क्षेत्रमा नेपाल टेलिककाे फाेरजी सेवा संचालनमा आएकाे नेपाल टेलिकम डाेल्पाका टेलिकम टेक्निसियन नवराज भट्टराईले जानकारी दिनुभयो।

यसअघि 2G नेटवर्क जडान गरेतापनि खासै काम नगरेपछि स्थानीय ग्राहककाे माग अनुसार  दुरगाउँ स्थित नेपाल टेलिकमकाे रिपिटर टावर राखेर 4G नेटवर्क कनेक्सन गरि साविकाे माझफाल गाविसमा फाेरजी सेवा संचालन गरेकाे टेलिकम टेक्निसियन भट्टराईले बताउनुभयो । रसिकाे लेकमा राखेकाे फाेरजी डिभाईसले ठुलीभेरी १० परिला र ११ रहमा पनि काम गर्ने उहाँले बताउनुभयो ।

फाेरजी नेटवर्क संचालनमा आउदा माझफाल गाविसका नागरिक खुसी भएका छन।

तपाईको प्रतिक्रिया