जिल्ला ब्याडमिन्टन संघ डाेल्पाकाे अध्यक्षमा शाही सर्वसम्मत चयन

डाेल्पा ।  जिल्ला ब्याडमिन्टन संघकाे अध्यक्षमा ब्याडमिन्टन खेलाडी तथा पत्रकार टेक बहादुर शाही सर्वसम्मत चयन भएका छन। आइतबार सदरमुकाम दुनै बजारमा ब्याडमिन्टन खेलाडीहरुकाे भेलाबाट अध्यक्ष शाही निर्विरोध चयन भएका हुन।

यसैविच जिल्ला ब्याडमिन्टन संघको उपाध्यक्षमा सरोज थापा, महिला उपाध्यक्षमा जुनु हिराचन सचिवमा हरिलाल बुढा  कोषाध्यक्षमा दिलु केसी सर्वसम्मत चयन भएका छन।

यस्तै सदस्यहरुमा गणेश भुजेल, पदम शाही, डिल्ली शाही, नवीन शाही चयन भएका छन । मुख्य पदाधिकारी सहित सदस्य नौ सदस्यीय जिल्लाकार्य समिति गठन भएको ब्याडमिन्टन संघ डाेल्पाका अध्यक्ष टेक बहादुर शाहीले जानकारी दिए । पछिल्लो समय हिमाली जिल्ला डाेल्पामा पनि ब्याडमिन्टन खेलप्रति राम्रो प्रभाव परेकाे र डाेल्पामा पनि राष्ट्रिय स्तर सम्म प्रतिस्पर्धा गर्न सक्ने खेलाडी भएकाे हुदा संघले खेल र खेलाडीलाई थप व्यवस्थित बनाउदै लैजाने अध्यक्ष शाहीले बताए ।

संघको पहिलाे बैठकले अध्यक्ष सचिव र काेषाध्यक्षकाे नाममा बैंक खाता संचालन गर्ने र संघ गठन सम्बन्धित जिल्ला खेलकुद विकास समिति, जिल्ला प्रशासन लगाएत प्रदेश र संघका मातहत निकायमा जानकारी गर्ने निर्णय गरेकाे छ।

तपाईको प्रतिक्रिया