संकटमा समाजबादी आन्दोलन…(सन्दिप खड्का)

संकटमा समाजबादी आन्दोलन…..
बिश्व ब्राह्मण्डका सम्पूर्ण बस्तुको बिकाश र बिनास अनिवार्य हुन्छ। यो प्रकृतिको अकाट्या नियाम हो। पृथ्वीमा मानव उत्पति भए सँगै क्रमशः मानव समाज निर्माण भयो र विभिन्न चरणहरु पूरा गर्दै। बिश्व मानव समाज आज यो अवस्था सम्म आइपुगेको छ। भनिन्छ मानिस संसारको सर्बश्रेष्ट र असन्तोषी प्रणी हो।
“आज मानिस अनेकौं खोज अध्यान अनुसन्धान त्यग समर्पण निरन्तरको संघर्ष र प्रयासले मानव समाज आज भुमण्डिकृत पुँजिवाद सम्म आईपुगेको छ”। यो मानव समाज हिजोको भन्दा सयौं गुणा सुविधा सम्पन्न छ। यसको मुल कारण बिज्ञान प्रबिधि मानव खोज अध्यान अनुसन्धान बाट मानिसले हासिल गरेको ज्ञान र मानव चेतनाले यो कुराको पुष्टि गर्छ। यो बिषयको गम्भीरता बाट पनि हामी सहजै अनुमान लगाऊन सक्छौं। कि मानिस कै कारण मानव समाज कहिले पनि यथास्थितिमा रहि-रहन सक्दैन! हालको अबस्था बाट परिवर्तित समाज कस्तो हुन्छ र हुनु पर्छ । भन्ने चासो सबैमा रहनु सोभाबिक नै हो। र त्यसको निम्ति के -कस्ता सचेत प्रयत्नहरु भईरहेकाछन् र त्यसको प्रभाव नेपाली समाजमा कस्तो छ भन्ने बारे चर्चा गरौं!!
१८४८ फेब्रुअरी १२ मा कम्युनिस्ट घोषणापत्र जारी भए पछि यूरोपियन देशहरूमा समाजबादी बिषय प्रबेश गर्यो र यस विषयमा स्वयम् मार्क्सले भनेका छन्, ‘युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ, साम्यवादको हाउ । यसलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।’ भन्नु भएको थियो । धेरै पछि बल्ल मात्रै नेपाली समाजमा समाजबादको हाउ, घुम्न सुरुगरेको छ। समाजवाद भनेको सामन्या अर्थमा बुझ्दाँ। यसरी बुझ्न् सकिन्छ ।
समाजवाद एक राजनीतिक र आर्थिक प्रणाली हो जहाँ उत्पादन, वितरण र विनिमयका साधनहरूको स्वामित्व वा नियमन सामूहिक रूपमा गरिन्छ, सामान्यतया राज्य वा जनताद्वारा। समाजवादको लक्ष्य भनेको सामाजिक समानतालाई बढावा दिनु, वर्गभेदलाई कम गर्नु र सम्पत्ति र स्रोतहरूलाई जनसंख्यामा समान रूपमा वितरण गर्नु हो।
विश्वमा ९ वटा देशमा समाजवादी भनिने पार्टीको सत्ता छ भने ५ वटा एक देशमा कम्युनिस्ट सत्ता छ । जसमध्ये चारवटा (चीन, लाओस, क्युबा र भियतनाम) मार्क्सवादी–लेनिनवादी विचारधारामा आधारित छन् भने उत्तर कोरियाको फरक मान्यता छ। यसरी हेर्दा के देखिन्छ भने।
समाज परिवर्तनमा समय ठाउँ देश र परिस्थिति अनुसार आ-आफ्नै किसिमका बिषेस्ताहरु हुन्छन् । यूरोपियन देशहरू लगायत धेरै देशहरूमा सामान्तवादी सत्ता ढले सँगै पुँजिबादी सत्ता बिकशित हुँदै गयो तर नेपाल भने सामान्तवादी सत्ता ढले सँगै दलाल पुँजिवाद बिकाशित हुँदै गयो! सामान्तबादको अबषेशहरु पनि यथावत नै रहिरहयो! यो सबै हिसाबले फरक किसिमको पुँजिबाद नेपालमा बिध्यमान छ । यसले मानव समाजलाई सु-ब्यबस्थित गर्न सकेन कुरै भएन । र राज्या सत्ता जनताबीच को अन्तर सम्बन्धको पर्खाल झनै चुलिदै गहिरहेको छ। सुलभ शिक्षा स्बास्थ्या रोजगारी बाट सम्पूर्ण जनता बन्चित् छन्। युवा बिदेश पलायन भ्राष्टचार कालो बजारी बिदेशी ऋणको भार बिदेशी हस्तक्षेपको अबस्था कालिलाग्दो छ। यो सबै बाट मुक्त गरेर समुन्नत समाज कसरी निर्माण गर्न सकिन्छ त? भन्ने बिषायमा धेरै लाई लाग्न सक्छ। हाल सम्म सत्तामा भएका दलहरु र त्यसका नेताहरु पार्टी नीति पद्धति र कानुन पुर्णतः कार्यन्यनमा इमानदार भए तमाम समस्यहरु हल हुन्छ र सबै समस्याको समधान हुन्छ । तर यो कुरा अंशिक मात्रै सत्या हो। वास्तविकता के हो भने। हालको सम्पूर्ण समस्या हल गर्न पहिलो कुरा त संविधान नै समाजबादी मान्यतामा आधारित हुनु पर्छ। नेपालको संविधान २०७२ समाजवाद उन्मुख भनेर उल्लेख गरिए पनि मुलभूत रुपमा संविधानमा समाजवादी मान्यतामा आधारि राज्यको कुनै पनि नितिहरु अर्थनिति शिक्षा, स्वस्थ्या लगाएत जनताका मौलिक अधिकार राज्यको पुन:रसंरचना प्रष्ट रुपमा समाजबादि नीति र मान्यतालाई अंगिकार गरेको छैन । आत्मानिर्भरता स्रोत साधनमा समान्तर बितरण प्रणालीको ब्यबस्था छैन किन कि यो समाजबादी संबिधान होइन । अहिले कै संबिधान र राज्य सत्ताको अभ्यास बाट स्वाधीन राष्ट्र र समुन्नत नेपाल शुखि नेपालीको परिकल्पना सम्म पनि गर्न संभव छैन । त्यसकारण अहिलेको निकाश भनेको समाजवाद हो। यसको प्रप्तिका लागि जनताको उचतम चेतना सचेत प्रयात्न अनि निणयाक संघर्ष अबश्यक हुन्छ। र कुनै पनि बिद्रोह जनताको संगठित संघर्ष बिना संभव छैन। त्यसको नेतृत्व कुनै पनि संघ-संगठन राजनीतिक दल वा लोकप्रिय स्वाविमानी ब्याक्तीले गर्नु पर्दछ। साथै समाजवाद स्थापनाका लागि सहि नीति योजना कार्यक्रमहरु ठोस रुपमा आगाडि सरेको हुनु पर्दछ। र मात्रै जनताको आबजलाई केन्द्रिकरण गर्न सकिन्छ। समाज र सत्ता बदल्न सकिन्छ । के नेपालमा समाजवादी आन्दोलनलाई ठिक ढङ्ले अगाडि बढाई रहेका संघ-संगठन वा राजनीतिक दलहरु छन्? जसको कारण समाजवादी आन्दोलन जिवत छ त ? कि छैनन् ? संक्षिप्त चर्चा गरौ।
समाजवाद भन्ने शब्दको नेपालमा भ्रष्टीकरण यसरी गरिएको छ कि । जो पनि समाजवादी भन्दिए हुने! मुल्य र मान्यता आधारित हुन नपर्ने । नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्यो । यो आदर्शको जमिनमा टेकेर पञ्चायतविरुद्धको लडाइँ लड्यो । २०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको प्रष्ट बहुमत पायो र सकारको नेतृत्व पनि गर्यो निति कार्यक्रम निर्माण पनि गर्यो । तर सरकारले खुला अर्थतन्त्र र निजीकरणको बाटो लियो । समाजवादी कार्यक्रमको कुनै ढाँचा प्रस्तुत गर्न सकेन । उसको आदर्श बहुदलीय प्रतिस्पर्धामा आएर टुंगियो । समाजवादलाई परिभाषित गर्दै नीति कार्यक्रम तयार गर्नुको सट्टो बरु निजिकरणको नाममा सबै राष्ट्रिय उद्योग कलकारखाना धोस्त पर्यो।
कम्युनिस्ट नामधारिको अर्को ठूलो पार्टी नेकपा (एमाले ) जसले बि:स:२०४९ सालमा (जबज) लाई पद पर्दशक सिद्धान्त माने र दस्तावेजिकरण गरे सँगै माक्र्सवादी मुल्या, मान्यता ,बिचार ,आचरण र दर्शन लाई चुनाबि खाडलमा पुर्यो र सम्पूर्ण रुपले पुँजीवादी पार्टी भन्दा पछौटे गतिविधिमा लिप्त भयो। यस्तो पार्टीमा समाजबादी आन्दोलन बच्न सक्ने कुनै संभावना नै भएन् । माओवादको हिमायती मान्ने प्रचण्ड नेतृत्वको माओवादी (केन्द्र ) चुमबाङ बैठकको बिचलनलाई बुटवल महाधिवेशनमा ल्याएर गरिएको २१औं सताब्दीको नौलो जनबाद संश्लेषण गरे सँगै सैद्धान्तिक, राजनीतिक, बिचार ,आचरण ,दर्शन र संगठन सबै हिसाबले एमाले भन्दा फर्क रहन सकेन यसको पुष्टि एमाले सँगै सत्ता स्वार्थका लागि गरिएको एकताले राम्रोसँग पुष्टि गरेको छ। यो सबै गतिविधि हेर्दा समाजबादी आन्दोलन लाई पार्टीमा जिबित राख्न सकेन।
माओवादी आन्दोलनको क्रान्तिकारी धाराको रुपमा आफ्नो छुट्टै परिचय निर्माण गरेको बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसोधनबादी यथास्थितिवादी जड्शुत्रबादि र संसदबादी जस्ता बिचलनकारी धाराहरु नेपालका कम्युनिस्ट पार्टीहरु र नेताहरूमा देखिन थाले पछि सबै संग बिद्रोह गरि गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत बैज्ञानिक समाजवादी आन्दोलनलाई बिकास गर्ने र नेतृत्व गर्दै संघर्ष गर्ने प्रयास गरिएको थियो । जसको नेतृत्व क.बिप्लबले गरेका थिए। र १२ जना न्येहथ्या नागरिकहरुले आफ्नो बलिदान गर्न पुगे तर पनि यो संघर्ष खास कुनै पनि उपलब्धि बिना ३ वुँदे सहमति मा टुङ्गियो। मुख्य कुरा त पार्टीको कार्यनीतिक अस्पष्टता नै हो। त्यो भनेको फरक फरक प्रकृतिको संघर्षको स्वोरुपहरुलाई एउटै पार्टीले एकै समयमा सन्तुलन कायम गर्न नसक्नु थियो। एउटै समयमा एउटै पार्टीले सशस्त्र प्रकृतिको संघर्ष र जनक्रान्ति लाई नेतृत्व गर्ने बिषय बैज्ञानिक र बस्तुबादी थिएन। यो कुराको पुष्टि पार्टी प्रतिबन्धित भए पछि पार्टीले संचालन गरेको केहि सशस्त्र प्रकृतिको संघर्षले गर्दा पुर्णतः परम्परागत भूमिगत रुपमा मात्रै पर्टि सिमित हुन पुग्यो! कार्यनीतिले निर्देशित गरेको जस्तो जनपरिचालन र जन संघर्ष अघि बढाउन सकेन त्यसकारण न त सशस्त्र प्रकृतिको संघर्षलाई नै गति दिन सक्यो! न जनक्रान्ति र जनसंघर्ष लाई नै स्थापित गर्न सक्यो यो सबै हेर्दा कार्यनीति अस्पष्टता नै ३ बुँदेको मुल कारण बन्न पुग्यो र त्यास पछि पार्टी नराम्रो सँग राज्याको कानुनि झमेलामा फस्यो राजनीतिक उताप चडापका कारण सरकारको तर्फबाट ३बुँदे सहमति पनि ठिक ढङ्गले कार्यन्वन हुन सकेन् । पार्टीले पनि उचित दबाब सिर्जना गर्न सकेन् यस्तो अबस्थामा एउटा क्रान्तिकारी पार्टीले क्रान्तिलाई बचाई राख्ने बिषय समान्य बिषय थिएन। जनताकको आशा भरौसा कायम राख्दै दलला राज्या सत्ताको बिरुद्ध संघर्ष गर्नु दलला तस्कर भ्रष्ट र बिचौल्या हरु सँग लडनु साथै देश र जनताको आबश्यकता अनुसार संघर्ष को कार्यनीति लागू गर्न सके मात्रै समाजबादि क्रान्तिलाई जिबित राख्न सकिन्थ्यो । तर पार्टीले यस्तो देश र जनताको आबश्याकता अनुसारको संघर्षको प्रष्ट खाका तयार गर्न र गतिविधि अगाडि बढाउन सकेन । बरु दलाल राज्या सत्ताको नीति विधि र सिमा भित्र रहेर सहकारी, उद्योग, उत्पादन बाट आत्मानिर्भताको रटान गरि रहेको छ। के राजनीतिक , संबैधानिक नीति र राज्या सत्ता सहितको हस्तक्षेप बिना अहिलेको दलाल पुजीवाद सत्त सँग लडेर पराजित गर्न सकिन्छ? । सकिन्न भनेत राजनीतिक , संबैधानिक नीति र राज्या सत्ता प्राप्तिको संघर्ष मुख्य हुनुपर्ने हो तर पार्टीको कार्यनीति दलाल सत्ताको नियम भित्रबाट चुनाब, उत्पादन र आत्मानिर्भताको फण्डा गर्नले यो पनि दार्शनिक सैद्धान्तिक र नितिगत रुपमा पनि समाजबादि क्रान्तिलाई ठिक ढ्ङले हिडाउन सक्ने अबस्थामा देखिदैन बरु समाजबादी मोर्चा होस या संसदीय चुनाब र माओवादी केन्द्र सँग एकता लागि बिप्लबले देखाएको हुटहुटी हेर्दा अन्या दलहरुलाई समाजवादी आन्दोलन मा समाहित गर्न भन्दा पनि आफु पुरानो दल र प्रक्रियामा समाबेश हुन हरातो गरेको देखिन्छ। यो कार्यले पनि समाजवादि क्रान्ति तिर बाटो निर्देश गर्दैन ।गम्भीर प्रश्न त यो छ कि ? समाजबादि मोर्चामा भएका दलहरु दलाल ठेकेदार र राज्य सत्ताको दुरुपयोग बाट चलेका छन बिप्लब नेतृत्व को नेकपा आफ्नै पौर्खमा टिक्ने नीति सहित संघर्ष र उत्पादन गर्दै गरेको देखिन्छ । साथै संस्कृति ,राजनैनिक पार्टी जिबन ब्याबाहारमा अन्या दलहरु भन्दा नितान्त फर्क देखिन्छ। यो सबै बिषय माोओवादि केन्द्र सँग एकता होस या कुनै कम्युनिस्ट घटहरु नेकपा को नीति हाबि गराएर एकता गर्ने अबस्थात देखिदैन फेरि प्रगतिशील र क्रान्तिकारी नितिहरु सबै लत्यार एकताको हुँयाले मात्रै त समाजवादी मुल्या र मान्यता स्थापित गर्न सकिन्न। मुलतः ३बुँदे पछि जुन गतिविधि र दृष्टिकोण बाट पार्टी अगाडि बढेको छ। निश्चयनै यसको क्रमभंगता बिना पार्टीले समाजबादि आन्दोलन लाई जिबत राख्ने सक्ने अबस्था देखिदैन। धेरैको दृष्टिकोण के छ भने चुनाबी नीति लाई संसदबादि गतिविधिको कसि बाट मात्रै हेर्ने र संसदबादि बन्यो भन्ने जमात पनि छ। तर बास्तबमा क्रान्तिकारी पार्टीले चुनाबमा भागलिने बितिकै संसदबादि भाईहाल्ने दलाल पार्टी भइहाल्छ भने दृष्टिकोण पनि धेरै पछौटे दृष्टिकोण हो। मुख कुरा कुनै पनि कम्युनिस्ट पार्टी भित्र माक्र्सवादी मुल्य मान्यता बिचार राजनीतिक संगठन निर्माण भएको छकि छैन नेताकार्यकर्ताको जीवन, ब्याबाहार, अनुसान ,नैतिकता ,संघर्ष ,पार्टी संरचना यो सबै मापदण्ड पूरा गरेको छ या छैन भनेकुरा मुख्य प्रश्न हो। यो सबै प्रक्रिया बाट पनि बिप्लब नेतृत्वको नेकपाले स्थिरता काय गर्न नसक्नु संगठनको संरचना पहिलाको बाट बदलेर अहिलेकै सत्ताको संरचनामा जानू बैज्ञानिक समाजवाद बाट नेपाली बिषेशताको समजवादमा बदल्नु हिजोको पार्टी र आज यू टरन मा पुग्नु १० बर्ष जनयुद्धलाई संविधान साभा मार्फत संसदबाद मा पुर्यएको जस्तो फेरि दशौ बर्ष जनतालाई भुझाएको कुरा किन आज नेपाली बिषेशताको समाजबाद भन्दै छन् यसलाई आफु अनुकुल ब्याख्या गर्ने र पुराना शक्ति हरु संग सटकाट गर्ने एक अर्को फण्डा त होइन ?यस्तो भयो भने चाहि देश र जनताको लागि दूखको कुरा हो। आज चुनाब लेडेको पार्टीको भोलि देश र जनताको निम्ति लडाइँ लड्न पनि सक्छ यो त राष्ट्रिय अन्तराष्ट्रिय बिगतले पनि पुष्टि गरेको छ। तर अन्या बिषय पार्टी भित्र माक्र्सवादी मुल्य मान्यताहरु बिचार दर्शन संगठन संरचना संघर्ष सबैकुराले यो कुराको पुष्ट हुनु पर्दछ र मात्रै समाजवादी क्रान्ति लाई जिबित राख्न सकिन्छ बिप्लब नेतृत्व नेकपा यो कुरामा प्रष्ट गर्न नसक्नु कारण नै आज पछौटे दृष्टिकोण भएका जनतामा परिक्षण भैसकेका दलहरू सँग पछाडि फर्केर एकताको कुरा गर्न बध्या भएका छन् त्यसकारण पनि भाषण गरेको जस्तो समाजबदि आन्दोलनलाई लिडगर्ने संभावना देखिदैन । समाजबादि आन्दोलन संकटको घडिमा छ भनेर सहजै भन्न सकिन्छ । नेपालका तमाम समस्य समधानको निम्ति समाजबाद अपरिहार्या सामाजिक ब्यबस्था हो। समाजबादि क्रान्ति बिना समाजबादि ब्यबस्था संभव छैन । तर नेपालको सन्दर्भमा कुनै पनि राजनीतिक दलहरुले ठोस समाजबादि क्रान्तिको रोड म्याफ र क्रान्तिको विधि प्रष्ट गर्न नसक्दा समाजबादि आन्दोलन संकटमा छ। माथि उल्लेखित राजनैनिक दलहरु सँगै अन्या पार्टीहरु क.माधव नेपालले नेतृत्व गरेको पार्टी क.आहुतिको पार्टी क.धर्मेन्द्र ले नेतृत्व गरेको पार्टी लगाएत अन्या स-साना कम्युनिस्ट नामका पार्टीहरुले पनि समाजवादी क्रान्ति र मालेमा वादको शाब्दिक ब्याख्यामा रमाएको भए पनि पार्टी जीवन मा समाजवादी क्रान्तिको रोड म्याफ प्रष्ट गर्न नसकेको र राज्य लाई कुनै पनि दबाब सिर्जना गर्न सकेको पाईन्न त्यसकारण उल्लेखित पार्टीहरुले पनि पार्टी जीवन मा समाजबादि आन्दोल लाई जिवित राख्न सकेका छैनन्। समग्र समाजबादि आन्दोल संकट ग्रस्त छ। सम्पुर्ण समाजवादीहरुले समयमै ठिक दिशा निर्देश गर्दै अगाडि बुढनु पर्ने आजको आबश्यकता बनेको छ।
(लेखक – सन्दिप खड्का)
तपाईको प्रतिक्रिया