नेकपा एमाले मुड्केचुला गाउँकमिटीको अधिवेशन फागुन १० गते हुने

डाेल्पा । नेकपा एमाले मुड्केचुला गाउँपालिका गाउँकमिटीको अधिबेशन यहीँ आगामी फागुन १० हुनेभएको छ। बुधबार सम्पन्न गाउँ कमिटीको ११ औं  बैठकले पालिका अधिवेशन फागुन १० गतेबाट सुरु गर्ने निर्णय गरेकाे हाे।

बुधबार बसेकाे नेकपा एमाले मुड्केचुलाको गाउँकमिटीको बैठकबाट  नेकपा एमाले केन्द्रिय सर्कुलर अनुसार ३ महिने  वडा केन्द्रीत अभियानमा यहाँका सम्पुर्ण कमरेडहरु वडा , टोल र गाउँमा परिचालित हुने,  नेकपा  एमाले मुड्केचुलाको अधिवेशन आगामी फागुन १० गते उद्घाटन गर्ने, अधिवेशन सफल गर्नको लागि आर्थिक , प्रतिनिधि छनौट तथा ब्यबस्थापन र प्रचारप्रसार उपसमिति हरु गठन,  बैठकमा प्रतेक वडाकाे रिपोर्ट मौखिक रुपमा प्रस्तुत, नेकपा  एमाले जिल्ला कमिटी सदस्य क. लोकचन्द्र रोकायाका बुवा मन बहादुर रोकायाको मिति २०८१/१०/२३ गते बिहान १०:४१ बजे असमाहिक निधन भएको हुँदा उहाँ प्रती हार्दिक श्रद्धाञ्जली दिने निर्णय गरिएकाे नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य गाेपाल बिश्वकर्माले जानकारी दिए ।

मुड्केचुलाकाे इलमा सम्पन्न बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा डाेल्पा इन्चार्ज बदमी क्वारी बाेहाेरा, जिल्ला पार्टी अध्यक्ष लंक बहादुर राेकाया लगाएत पार्टीका पदाधिकारी नेता तथा कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे।

तपाईको प्रतिक्रिया