राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा जनप्रतिनिधिलाई ६-१ गाेलले हराउँदै कर्मचारी टिम बिजयी

डाेल्पा । जिल्ला समन्वय समिति डाेल्पाकाे आयाेजना र काईके गाउँपालिका डाेल्पाकाे संयाेजनमा संचालित मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएकाे छ । ७५ औं  राष्ट्रिय प्रजातन्त्र दिवस-२०८१ काे अवसरमा आज फागुन ६ गते पहिलाे दिन डाेल्पाकाे दुनै बजारमामा भएकाे मैत्रीपूर्ण फुटबल प्रतियोगिता जनप्रतिनिधि टिमलाई ६-१ काे गाेलले कर्मचारी टिम बिजयी भएकाे छ।

जनप्रतिनिधिको तर्फबाट जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया र कर्मचारीकाे तर्फबाट प्रमुख जिल्ला अधिकारी राेम बहादुर महतले मैत्रीपूर्ण फुटबल टिमकाे नेतृत्व गरेका थिए । यस्ता मैत्रीपूर्ण खेल संचालन हुदा कर्मचारी राजनीतिक दल र जनप्रतिनिधि विच भावनात्मक सम्बन्ध बढ्ने विश्वास लिईएकाे छ ।

उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारी टिमबाट  धर्मेन्द्र बुढथापाले ३ गाेल, बसन्त सिजालीले २ गाेल र नेत्र बहादुर महतले १ गाेल गरेका थिए । यस्तै जनप्रतिनिधिकाे टिमबाट ठुलीभेरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तेजेन्द्र बहादुर बुढाले १ गाेल गरेका थिए । मैत्रीपूर्ण खेल राेमान्चक बनेको थियाे।

यस्तै मैत्रीपूर्ण फुटबल प्रतियोगिताकाे खेल अबधिभर सबैभन्दा धेरै गाेल गर्ने कर्मचारी टिमका धर्मेन्द्र बुढथापाले सर्वाधिक गाेल कर्ता पुरस्कार र जनप्रतिनिधि टिमका हिक्मत शाहीले उत्कृष्ट खेलाडीकाे पुरस्कार पाएका छन । शाही नेपाली कांग्रेस डाेल्पाका पार्टी सचिव पनि हुन । दुवैजना खेलाडीलाई काईके गाउँपालिकाले नगद रु दुई दुई हजार रुपैयाँ सहित सम्मान गरेकाे छ।

तपाईको प्रतिक्रिया