रुकुम पश्चिममा स्ववियु निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले गर्याे संगठन दर्ता

रुकुम पश्चिम । नेकपा एकीकृत समाजवादी पार्टी निकट बिधार्थी संगठन अनेरास्ववियुले रुकुम पश्चिममा आसन्न स्ववियु निर्वाचनको लागि संगठन दर्ता गरेकाे छ।


अनेरास्ववियु रुकुम पश्चिमका अध्यक्ष रमेश मल्लले आज साेमबार  जिल्लाभर ७ वटा क्याम्पसमा सङ्गठन दर्ता गरेकाे जानकारी दिनुभयाे। रुकुम पश्चिमकाे राडिज्यूला शिक्षा क्याम्पस आठबिसकोट, स्यार्पू बहुमुखी क्याम्पस बाँफिकोट, सानीभेरी शिक्षा क्याम्पस सानोभेरी, सितल क्याम्पस चौरजाजरी,जाहरी क्याम्पस खोलागाउँ, रुकुमेली क्याम्पस खलंगा,सिम्रुतु शिक्षा क्याम्पस सिम्रुतु मा संगठन दर्ता गरिएको जिल्ला अध्यक्ष मल्लले बताउनुभयो ।

अनेरास्ववियूले सम्पूर्ण क्याम्पसमा विजय हासिल गर्ने तयारीमा रहेकाे बताउँदै अध्यक्ष मल्लले स्ववियु निर्वाचन विद्यार्थीहरूको हकहितको पक्षमा रहने उल्लेख गर्नुभयाे।

तपाईको प्रतिक्रिया