डाेल्पा । डाेल्पाकाे सदरमुकाम दुनै बजारमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा बाध्यवादन तर्फ मादल बजाउने प्रतियोगिता सम्पन्न भएकाे छ। अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा जिल्लाका महिलाहरु विच भएकाे मादल बजाउने प्रतियोगिताबाट ठुलीभेरी नगरपालिका- २ कुम्लीकी कमला बुढा राेकाया प्रथम हुनुभएको छ।
यस्तै ठुलीभेरी नगरपालिका वडा नं. ३ कि जाेगमाया केसी द्वितीय हुनुभएको छ। ठुलीभेरी नगरपालिका वडा नं. १० की जालपा बस्नेत तृतीय र ठुलीभेरी नगरपालिका वडा नं. ३ बस्ने कमला नेपाल सान्त्वना हुनुभएको छ। प्रतियोगितामा चार जना महिलाहरु सहभागी भएका थिए। मादल बजाउने प्रतियोगितामा सहभागी विभिन्न स्थान ल्याउने महिलाहरुलाई नगद रकम र प्रमाणपत्र सहित सम्मान गरिएको छ।
डाेल्पामा पहिलाे पटक महिलाहरु बिच मादल बजाउने प्रतियोगिता संचालन गरिएको हाे। महिलाहरुकाे कला सिपलाई सक्रिय बनाउनकाे लागि मादल बजाउने प्रतियोगिता उदाहरणीय हुने जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताउनुभयो । डाेल्पामा पनि विभिन्न क्षेत्रमा राम्रा कला सीप भएका महिलाहरु भएकाे हुदा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएकाे महिलाहरु रहेकाे प्रमुख राेकायाले बताउनुभयो । याे बर्ष सुरुवातमा थाेरै संख्या सहभागी भएपनि आगामी बर्ष धेरै सहभागी हुने अपेक्षा रहेकाे उहाँले बताउनुभयो । यस्तै अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा महिलाहरुले विभिन्न लाेक सांस्कृतिक काेशेलीहरु प्रदर्शन गरेका थिए।
फोक्सुण्डो खबर । २५ फाल्गुन २०८१, आईतवार