डाेल्पा । आज चैत्र ७ गतेबाट संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा डाेल्पा जिल्लाबाट जम्मा ७ सय ७७ जना विधार्थीले परीक्षा दिने भएका छन। जिल्ला शिक्षा तथा समन्वय इकाई डाेल्पाका प्रमुख हर्षप्रसाद चाैलागाईका अनुसार जिल्ला भरका १८ वटा मावि र एउटा खुल्ला विधालयबाट छात्रा ३ सय ६५ र छात्र ४ सय १२ जना एसईई परिक्षामा सहभागी हुनेछन् । यस बर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) लागि डाेल्पाबाट ७ सय ७७ जनाले परिक्षा फारम भरेका हुन ।
यस बर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ चैत ७ गते बहाना ८ बजेदेखि देशभर हुदैछ। डाेल्पामा ४ वटा केन्द्रबाट एसईईकाेे परीक्षा संचालन हुँदै छ।
फोक्सुण्डो खबर । ६ चैत्र २०८१, बिहीबार