डाेल्पा । ठुलीभेरी नगरपालिकाले ग्रामिण मर्मत सम्भार कार्यकर्ता निर्माण गरि रहेको छ । नगरपालिकाका ११ वटै वडाका एकएक जनालाइ र भुगोलका आधारमा थप केहिलाइ ग्रामिण मर्मत सम्भार निर्माण कार्यकर्ता तालिम प्रदान गरेको हो । ठुलीभेरी नगरपालिका १ को खाल्दारामा पालिका भरका १६ जनालाइ खानेपानीमा आउने समस्या तत्काल समाधान गर्ने हेतुले यो तालिम प्रदान गरिएको सवैका लागि दिगो खाेनेपानी सरसफाई तथा स्वच्छता पिरयोजना (SUSWA) का प्रबिधिक सहजकर्ता तिलक आरसिले जानकारी दिए ।
प्रबिधिक सहजकर्ता तिलक आरसिका अनुसार ठुलीभेरी नगरपालिकामा बिगत ३ बर्ष देखी खानेपानी सम्बन्धी आयोजनाका कामहरु समुदाय स्तारमा लाभाम्बीत हुनेगरी युरोपियन यूनियन,फिन्लाण्ड,नेपाल सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा भइ रहेको बताए । परियोजनाले गरेका खानेपानीका आयोजनामा आउने समस्या तत्काल सुल्झाउन हरेक वडा र समुदायका एक एक ब्यक्तिलाइ ग्रामिण मर्मत सम्भारको लागि तालिम दिएको हो । तालिम पहिलो पटक ४ दिनको भएपनि हरेक बर्ष पुनर्ताजकि तालिम समेत प्रदान गर्ने र तालिममा सहभागिले उत्साहजनक सभागिता जनाएको प्रशिक्षक बुद्रि पल्लब जोशिले बताए । प्रशिक्षक जोशिले भने निकै उत्साहित छु तालिममा सहभागिहरुको यो सक्रियतामा तालिम पश्चात ग्रामिण स्तरमा आउने समस्याहरु पहिचान गरेर समाधान गर्न सक्नेमा बिश्वस्त छु ।
४ दिन सम्म भएको तालिम निकै लाभदायीक भएको सहभागिहरुले सुनाए । तालिममा ग्रामिण मर्मत सम्भार कार्यकर्ताहरुलाइ तालिममा सिकाए अनुसारको केहि औजारहरु समेत हस्तानतरण गरिएको थियो । तालिममा सहभागिहरुलाइ प्रमाण पत्र प्रदान गर्दै ठुलीभेरी नगरपालिका १ का वडा अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले भने तालिम लिएर वडा तथा वस्तिमा प्रयोगमा ल्याउनुपर्छ यो तालिम सामान्य हैन फलदायी तालिम हो ।
तालिममा सहभागिहरुलाइ औजार हस्तानतरण गर्दै ठुलीभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण कुमार बुढाले भने तपाइको वडाको खानेपानीको दक्ष प्राबिधिक तपाइहरु नै हो तत्काल आउने समस्या समाधान गर्ने जिम्मेवारी तपाइहरुलाइ आएको छ । हरेक ठाँउमा खानेपानीको समस्या छ हामीले पहिचान गरेर समाधान तर्फ लागि रहेका छ नगरप्रमुख बुढाले नगरपालिका यो बिषयमा गम्भिर रहेर काम गरि रहेको बताए ।
नगरप्रमुख बुढाले भने ठुलीभेरी नगरपालिकाको वडा नम्बर १,२,६ को दुरगाउँ १०,११ र अन्य केहि वस्तिमा खानेपानीको निकै समास्या भएको पहिचान भएको कारण सोहि अनुसार स्थानीय सरकारले काम गरि रहेको समेत जानकारी दिए । अव नागरिकले खानेपानीको सहजता पाउनेछन चुनौति धेरै छन तर पनि आउने समस्या र चुनौतिको सामना गर्न नगरपालिका हरदम तयार रहेको नगरप्रमुख बुढाले प्रतिबद्धता समेत जनाए । सवैका लागि दिगो खाेनेपानी सरसफाई तथा स्वच्छता परियोजनाले ठुलीभेरी नगरपालिकामा खानेपानी र सरसफाई सम्बन्धी काम गरि रहेको छ ।
फोक्सुण्डो खबर । २९ बैशाख २०८२, सोमबार