डाेल्पा ठुलीभेरी नगरपालिकाद्वारा मिनि नगर बस खरिद गर्नकाे लागि ३५ लाख बजेट विनियोजन

डाेल्पा । डाेल्पाकाे ठुलीभेरी नगरपालिकाले मिनि नगर बस संचालकाे लागि रु ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेकाे छ। असार ६ गते शुक्रबार सम्पन्न नगर सभाकाे  १५ औं नगर अधिवेशनबाट आ.ब. २०८२/८३ काे नीति तथा कार्यक्रममा नगर बस संचालन गर्ने निर्णय पास गरेकाे हाे।

ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढाले आफुले चड्ने गाडी खरिद नगरी जनताको आवश्यकता हेरेर मिनि नगर बस खरिद गर्नकाे लागि बजेट विनियोजन गरेकाे प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद राेकायाले जानकारी दिए । अधिकृत राेकायाले भने” नगर प्रमुख ज्युले चाहेको भए आफुलाई चढ्ने सुविधा सम्पन्न गाडी कानुन संगत खरिद गर्न सक्नु हुन्छ तर सामान्य जनताका आवश्यकता हेरेर नगर बसकाे लागि बजेट छुट्याउनु भएकाे छ। ठुलीभेरी नगरपालिका सदरमुकाम दुनैमा रहेकाेले यहाँ जिल्लाका सबै नागरिकले सेवा लिने भएकाे हुदा अर्को नगर बस थप गर्न लागिएको हाे। अधिकृत राेकायाका अनुसार अघिल्लो खरिद गरेकाे नगर बसले सामान्य भाडादरमा पनि राम्रो आम्दानी गरिरहेको छ। सेवा संगै आम्दानी पनि हुने भएपछि नगर बस थप गर्न लागिएको हाे।

ठुलीभेरी नगरपालिकाले चालू आ.ब.२०८१/८२मा ३२ सिटे नगर खरिद गरेर दुनै जुफाल त्रिपुराकाेट सडक खण्डमा नागरिकलाई सेवा दिइरहेकाे छ।

भूगोलका एबम जनताको आवश्यकताका कारण थप १५ देखि १८ सिटे नगर बसको आवश्यकता भएको हुँदा साथै जिल्ला सदरमुकामको नगरपालिका भएको कारणले पनि जनसंख्याको उच्च चाप र आवतजावतमा तिब्रता हुने हुँदा फेरि अर्को नगर बस खरिद गर्न लागिएको हो। नयाँ खरिद गर्न लागिएको  नगर बस दुनै जुफाल देखि माझफाल हुँदै काडाताली सम्म नागरिकलाई यातायातमा सेवा दिने ठुलीभेरी नगरपालिका नगर प्रमुखकाे सचिवालय प्रमुख रेखामान बुढाले जानकारी दिए ।

ठुलीभेरी नगरपालिका द्वारा संचालित नगर बस निश्चित समयमा ठाउँ ठाउँमा छुट्ने र निजि यातायात भन्दा पनि कम भाडा भएकाे हुदा आवतजावतमा सहज हुने गरेकाे यात्रुहरुले बताएका छन।

तपाईको प्रतिक्रिया