डोल्पा । डोल्पा जिल्लाबाट यस बर्षको माध्यामिक शिक्षा परिक्षा एसईई मा जम्मा २ सय ४७ जना विधार्थी उनिर्ण भएका छन । गत चैत्रमा सम्पन्न एसईई परिक्षामा डोल्पाका १९ वटा साधारण तर्फका मावि र ४ वटा प्राविधिक धार तर्फका मावि गरि जम्मा ७ सय ४६ जना विधार्थी एसईई परिक्षामा सहभागी भएका थिए । केहि दिन अघि सार्वजनिक भएको एसईर्र्ई नतिजा अनुसार साधारण तर्फ १ सय ८८ जना र प्राविधिक तर्फ ५९ जना उतिर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका इकाई प्रमुख डायमण पुनले जानकारी दिएका छन ।
इकाई प्रमुख पुनका अनुसार साधारण शिक्षा तर्फ त्रिपुरा मावि काईगाउँमा ४७ मा १३ उतिर्ण भएका छन। सरस्वती मावि दुनैमा ७० मा १३ जना उतिर्ण भएका छन । जनप्रभा मावि लिकु ४७ जनामा ९ जना उतिर्ण भएका छन । आदर्श मावि जुफाल ६९ मा २३ जना उतिर्ण भएका छन । कालिका मावि कालिका ३९ मा ८ जना उतिर्ण भएका छन । सरस्वती मावि सुँ ३७ मा ५ जना उतिर्ण भएका छन । अन्नपूर्ण मावि सर्मि ४२ मा १२ जना उतिर्ण भएका छन । विध्यामन्दी मावि माँझफाल १४ मा ५ जना उतिर्ण भएका छन । मालिका मावि नर्कु ४३ जनामा ७ जना उतिर्ण भएका छन । त्रिपुराकोट मावि मदु ५० जनामा २१ जना उतिर्ण भएका छन । तापरिचा मावि फोक्सुण्डो १७ मा सबै उतिर्ण भएका छन । भगवती मावि झ्याकोट ३१ मा ९ जना उतिर्ण भएका छन । लक्ष्मी मावि माझफाल १३ जना मध्य कुनै पनि उतिर्ण भएका छैनन् । मुकुटेश्वर मावि ल्हाँ २८ मा २ जना उतिर्ण भएका छन । त्रिपुरा मावि त्रिपुराकाेट १८ मा ९ जना उतिर्ण भएका छन । अरनिको मावि शहरतारा १२ मा २ जना उतिर्ण भएका छन । क्रिस्टल माउन्टेन मावि २३ मा २१ जना उतिर्ण भएका छन । कस्तुरी मावि पाहाडा २६ मा १२ जना उतिर्ण भएका छन । यस्तै खुला तर्फका सरस्वती मावि दुनै केन्द्रबाट सहभागी १० जना सवै फेल भएका छन ।
यसैगरी प्राविधिक धार तर्फ माध्यामिक शिक्षा परिक्षा एसईई परिक्षमा त्रिपुरा मावि काईगाउँ २० मा ६ जना उतिर्ण भएका छन । जनप्रभा मावि लिकु ३४ मा ८ जना उतिर्ण भएका छन । कालिका मावि कालिका २२ मा १२ जना उतिर्ण भएका छन । अरनिको मावि शहरतारा ३४ मा ३३ जना उतिर्ण भएका छन ।
माध्यामिक शिक्षा परिक्षा एसईईको नतिजा अनुसार डोल्पाका सामुदायिक विधालयमा शैक्षिक गुणस्तर घट्दै गएको शैक्षिक जानकारहरुले बताउने गरेका छन । बर्षेनि उतिर्ण हुने संख्या घट्नु भनेको चिन्ताको विषय भएको हुदा सवै सरोकारवाल निकायले सोच्नु पर्ने अवको आवश्यकता रहेको जानकारहरुको भनाई छ ।
फोक्सुण्डो खबर । १६ असार २०८२, सोमबार