डाेल्पाकाे काईके गाउँपालिका पूर्ण खाेप दिगाेपना सुनिश्चितता पालिका घाेषणा

डाेल्पा। डाेल्पाकाे काईके गाउँपालिकालाई पूर्ण खाेप दिगाेपना सुनिश्चितता पालिका घाेषणा गरिएको छ। आइतबार काईके गाउँपालिका स्वास्थ्य शाखा शहरतारा बगर डाेल्पाकाे आयाेजनामा एक कार्यक्रम गरि पूर्ण खाेप दिगाेपना सुनिश्चितता पालिका प्रमाणिकरण गरि घाेषणा गरिएको हाे ।

“स्थानीय स्वामित्व र सहभागीता पूर्ण खाेप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराकाे साथ राष्ट्रिय खाेप कार्यक्रम पुर्ण खाेप, सुरक्षित भविष्य, अन्तरगत काईके गाउँपालिकालाई पुर्ण खाेप दिगाेपना  सुनिश्चितता पालिका घाेषणा गरिकाे हाे ।

प्रत्येक घरघरमा गई घरधुरी सर्वेक्षण गरि  १५ महिना मुनिका बालबालिकालाई  पुर्ण खाेपकाे लागि निरन्तरता दिने र २३ महिना मुनिका  बालबालिकाकाे छुट खाेप लगाई पुर्ण खाेप मार्फत सबै बालबालिकाले खाेप पाए लगत्तै  पुर्ण खाेप दिगाेपना सुनिश्चितता पालिका घाेषणा गरिकाे काईके गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर भाेजराज जाेशीले जानकारी दिए ।

काईके गाउँपालिकालाई पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा गरेता पनि पालिका भित्रका बालबालिकालाई खाेप लगाउनबाट बञ्चित नहुने गरि गाउँ पालिकाले खाेप दिगाेपनामा निरन्तरता दिने काईके गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाले  बताएका छन। गाउँपालिकाले बालबालिका, बृद्वबृद्वा र असाय आर्थिक रुपमा विपन्न नागरिककाे लागि बिशेश कार्यक्रम तयार गरेकाे पनि अध्यक्ष रानाले बताएका छन।

काईके गाउँपालिकाकाे शहरतारा बगरमा आयाेजित पुर्ण खाेप दिगापना सुनिश्चितता कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे।

तपाईको प्रतिक्रिया