डाेल्पा जिल्ला अस्पतालमा पहिलोपटक एपेन्डिसाईटिसकाे अप्रेसन सफल

डाेल्पा । डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाईटिसको अप्रेशन सफल रुपमा भएको छ । जिल्ला अस्पताल डोल्पामा पहिलो पटक छात्रबृति करारमा आएका एमडिजिपि डाक्टर विदुर तिवारिको नेतृत्वमा सफल शल्यक्रिया सम्पन्न भएको हो ।

यहीँ भदौ २३ गतेका दिन त्रिपुरासुन्दरि नगरपालिका वडाँ नं ४ रंग बस्ने बर्ष १२ को किशोर बुढा अकस्मात पेट दुख्ने समस्या ल्याएर जिल्ला अस्पतालको ईमर्जेन्सी वार्डमा आएका थिए। उक्त समयमा आवश्यक जाचँ परिक्षण गरे पछि एपेन्डिक्स सुन्निएको र तुरुन्त शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको भनेर उनको बुबा सँग छलफल गरेपछि डाेल्पा जिल्ला अस्पतालमै शल्यक्रिया गराउन राजि भएका थिए।

डाेल्पा जिल्ला अस्पतालमा पहिलो पटक एमडिजिपि डाक्टर विदुर तिवारीको नेतृत्वमा सिमित स्रोत साधन बिचमा पनि शल्यक्रिया सफल भएकाे हाे । एमडिजिपि डाक्टर बिदुर तिवारीको नेतृत्वमा डा. अखण्ड उपाध्याय, स्क्रब नर्स निर्मला बि.क, एनेस्थेसिया सहायक रन्जित शाह, सहयोगी नर्समा आस्था बुढा र सहयोगी डाक्टरमा डाक्टर नविन शाही सहितको टोलिले सफल रुपमा शल्यक्रिया गरेकाे हाे ।

न्युनतम रकममा डोल्पा जिल्ला अस्पतालमै शल्यक्रिया सम्पन्न भएपछि बिरामिको बुवा धन प्रसाद बुढाले खुसि हुदै स्वास्थ्यकर्मिको टोलिलाई धन्यवाद दिएका छन। उनले भने” शल्यक्रिया गर्न नेपालगंज सुर्खेत जनुपरेको भए १लाख भन्दा बढि खर्च लाग्थ्यो तर अस्पतालमा न्युन खर्चमै उपचार संम्भव भयो । यस्ता सेवाहरु निरन्तर भैराखोस प्रथना छ ।

पहिलो पटक जिल्लामा एपेडिसाईटिसको अप्रेशन गर्न पाउदाँ खुसि लागेको र यो शल्यक्रिया सफल पार्न सिमित स्रोत साधनमा पनि काम गर्ने सहकर्मिहरु भएरै सम्भव भएको जिल्ला अस्पताल डाेल्पाका एमडिजिपि डाक्टर विदुर तिवारीले बताए  ।

स्थानीय बासिन्दा समेत रहेका जिल्ला अस्पताल डाेल्पाका चिकित्सा शाखा प्रमुख तथा अप्रेसनमा सहभागी डाक्टर अखण्ड उपाध्यायले भने” पहिलो पटक सफल शल्यक्रिया यस जिल्ला अस्पतालमा भैरहदाँ र उक्त शल्यक्रियामा सहभागि हुन पाउदाँ खुसि लागेको र साथै एपेन्डिसाईटिस जस्तो आक्समिक समस्याको उपचार जिल्लामै भएर एक जना बालकको ज्यान जोगाउन पाउदाँ खुसि लागेको र यस कार्यलाई सफल पार्ने डा. विदुर तिवारीलाई डोल्पाली जनताको तर्फबाट धन्यवाद छ। डा अखण्ड को अनुसार केहि महिना अगाडि यसरि नै एपेन्डिसाईटिस भएको एक बालककलाई रिफर गरेको र उपचारका लागि सुर्खेतको छिन्चु कटेपछि बाटो मै मृत्यु भएको तितो घटना भोग्नुपरेको थियो तर अब देखि त्यो नियति भोग्नु पर्ने बाध्यता हटेकोमा पनि खुसि व्यक्त गरेका छन ।

अप्रेसन गर्दै चिकित्सकहरु

तपाईको प्रतिक्रिया