डाेल्पा जिल्ला अस्पतालमा ४९ जनाकाे निशुल्क मेतिविन्दु अप्रेशन सफल

डाेल्पा । डोल्पा जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोल्पाको आयोजना तथा रुइत फाउण्डेसन काठमाण्डौँ, ठुलीभेरी नगरपालिका जुफाल डोल्पाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क मेतिविन्दु अप्रेशन शिविर सम्पन्न भएकाे छ।

भदौ २९ र ३० गते जिल्ला अस्पतालमा भएको निशुल्क मेतिविन्दु अप्रेशनमा जिल्लाभर विभिन्न शिविरबाट अप्रेसनकाे लागि छनाैट भएका बृद्वबृद्वा ४९ जना व्यक्तिहरुको मोतिबिन्दुको शल्यक्रिया गरिएको हाे।

सुर्खेत आखा अस्पताल बाट डा. आकंक्षा राना नेतृत्वमा डाेल्पा पुगेका ८ जनाको टोलिले डाेल्पा जिल्ला  अस्पतालमा बसेर २ दिनमा ४९ जनाको माेतिबिन्दुकाे शल्यक्रिया गरेका छन ।

आफ्नै घरआगानमा निशुल्क माेतिबिन्दुकाे अप्रेसन गरेर संसार देख्न पाउँदा सुखी लागेकाे ठूलीभेरी ३ दुनै निवासी ६८ बर्षिया भिमकुमारी थापामगरले बताइन् ।सुर्खेत नेपालगन्ज लगाएतका शहरमा जादा धेरै खर्च हुन्थ्यो घर आगनमै निशुल्क उपचार गर्ने र सहयाेग गर्ने  सबैलाई धन्यवाद व्यक्त गरेकी छिन।

स्वस्थ्य सेवा कार्यालय डाेल्पाका स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर सिजन रावलको अध्यक्षतामा धन्यवाद तथा बिदाई कार्यक्रम आयोजना गरि सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरिएको छ।

आखा शिविरको आयोजनाको लागि केहि समय अगाडि रुइत फाउण्डेसनका प्रमुख डा. सुन्दुक रुईत माथिल्लो डाेल्पाकाे शे मेला पुगेको बेला डोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत तथा चिकित्सा शाखा प्रमुख डा. अखण्ड उपाध्यायले भेट गरि शिविर आयोजनको लागि आग्रह गरेपछि यस पटक यो शिविर संचालन भएको हो ।

रुईत फाउण्डेसनको सहयोगमा अस्पतालमा शिविर संचालन भएर ४९ जना सेवाग्राहीको मोतिविन्दुको अप्रेशन हुदाँ खुसि लागेको र शिविर संचालनका लागि सहज वातावरण गरिदिने डा सुन्दुक रुईत र उहाँको फाउण्डेसन अनि, आखा अस्पताल सुर्खेतको टोली, ठुलीभेरी नगरपालिका र रेडक्रस शाखा डोल्पा लाई डाक्टर  अखण्ड उपाध्यायले आगामी दिनमा यस्तै कार्यक्रम संचालनकाे लागि सहयाेगकाे अपेक्षा सहित धन्यवाद व्यक्त गरेका छन।

तस्बिरहरू:

तपाईको प्रतिक्रिया