त्रिपुरासुन्दरी नगरपालिकामा दिगाेपन र निर्गमन नीति सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न

डाेल्पा । डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा दिगाेपन र निर्गमन नीति सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न भएको छ। पहाडी क्षेत्र विकास अभियान जाजरकोटकाे आयाेजना, त्रिपुरासुन्दरी नगरपालिका डाेल्पाकाे समन्वय र संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियाेजना-२ काे सहयाेगमा दिगाेपन र निर्गमन नीति सम्बन्धी विभिन्न सराेकारवाला निकाय विच सम्वाद भएकाे हाे।

त्रिपुरासुन्दरी नगरपालिका न्यायिक समिति संयाेजक देवि घर्तीकाे अध्यक्षता नगर प्रमुख जनचन्द्र राेकायाकाे प्रमुख आतिथ्यतामा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, मेलमिलाप केन्द्रका प्रतिनिधि, स्थानीय नागरिकहरुकाे सहभागीता रहेकाे उक्त कार्यक्रममा न्यायिक समिति मार्फत पर्दान गरिने नीतिगत कानुनी प्रक्रियाका विभिन्न विषयमा छलफल तथा जानकारी गराइएको थियाे।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट मार्फत संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियाेजना-२ ले रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका र डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका विभिन्न न्यायिक सचेतना कार्यक्रम गरिरहेको HRDC परियाेजना संयाेजक भिम बहादुर नेपालीले बताए । परियोजना संचालित क्षेत्रमा ८ हजार भन्दा बढी नागरिकमा कानुनी सचेतना सम्बन्धी जानकारी गराउने उदेश्य रहेकाे नेपालीले बताए । कानुनी सचेतना सम्बन्धी पर्चा पम्पलेट, विभिन्न गाउँ बस्तीमा मेलमेलाप केन्द्र, स्वयम सेवक, कानुनी सचेतना मेला, वक्तित्वक प्रतियोगिता, जनचेतनामूलक लाेकगीत प्रतियोगिता लगाएतका क्रियाकलाप संचालन भैरहेको पनि कार्यक्रम संयाेजक नेपालीले जानकारी दिए।

कार्यक्रम सहभागीहरुलाई जिल्ला अदालत डाेल्पामा कार्यरत बैतनिक वकिल अधिवक्ता पुर्ण प्रसाद हमालले दिगाेपन र निर्गमन नीति सम्बन्धी प्रस्ट पारेका थिए। न्यायिक समिति र जिल्ला अदालत लगाएत विभिन्न ठाउँबाट प्रदान गरिने न्यायिक सेवा प्रक्रिया बारे अधिवक्ता हमालले जानकारी गराएका थिए।

जनताका आवश्यकता अनुसार स्थानीय सरकारले स्थानीय कानुन बनाएर काम गर्नुपर्ने पत्रकार टेक बहादुर शाहीले सुझाव दिएका छन। जनप्रतिनिधि हुन वा नागरिक हुन सबैमा कानुनी सचेतनाकाे आवश्यकता रहेकाे शाहीले बताए ।

त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र राेकायाले स्थानीय सरकारले स्थानीय आवश्यकतामा आधारित कानुन बनाएर काम गर्ने बताए । आगामी दिनमा त्रिपुरासुन्दरी नगरपालिकाले सबै सराेकारवाला निकाय संग छलफल गरेर स्थानीय  कानुन निर्माण गर्ने उनले बताएका छन। नगरपालिका भित्रका सबै नागरिकलाई न्यायिक पहुँचमा पुर्याउनकाे लागि विभिन्न सचेतनामुलक  कार्यक्रम गरिने नगर प्रमुख राेकायाले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयाेजक देवि घर्तीले विभिन्न गाउँ वस्तिमा पुगेर न्यायिक गतिविधि संचालन गर्दै आएकाे बताएकी छिन। नगरपालिका भित्रका सबै नागरिकलाई न्यायिक पहुँचमा पुर्याउने उदेश्य रहेकाे उनले बताएकी छिन।

तपाईको प्रतिक्रिया