डाेल्पा । मुड्केचुला गाउँपालिका वडा नं. ४ इलका स्थानीय कृष्ण बहादुर राेकायाकाे पाँच परिवारकाे स्वास्थ्य विमा गरिएको छ। केही बर्ष पहिला काम गर्ने क्रममा लडर कम्मरकाे हड्डी भाच्चिएर थला परेका आर्थिक अवस्था कम्जोर भएका विरामी कृष्ण बहादुर राेकाया सहित पाँच परिवारका सदस्यकाे डाक्टर अखण्ड उपाध्यायले स्वास्थ्य विमा गरिदिएका हुन।

स्वस्थ्य विमा गरिदिए पछि डाक्टर उपाध्यायले भने” कृष्ण बहादुर रोकायाको कम्मरको हड्डि काम गर्ने क्रममा भाचिएको र आर्थिक अवस्था पनि कमजोर भएकाे कारण उपचार गर्न जान नसकेर घरमै घरेलु उपचार गरि बस्नु भएको रहिछ। गएको वर्ष जिल्ला अस्पताल डाेल्पाबाट शिविरको लागि इल गाउँ पुगेका डाक्टर सँग उहाँले भेटेर उपचारका लागि कुरा गर्नु भएको र डाक्टरले दुनै आउनु एक्सरे गर्न भनेपनिछ दुनै आएको समयमा विरामी कृष्ण बहादुर राेकायाले डाक्टर उपाध्यायलाई भेटेका थिए ।
राेकायाकाे एक्सरे हेर्दा कम्मरको दायाँ तिरको हड्डी भाचिएको देखिएको थियो। डाक्टर उपाध्यायले हाडजोर्नीको चिकित्सक सँग टेलिमेडिसिनबाट सोधे पछि उपचार सम्भव भनेको हिप रेप्लेसमेन्ट गर्ने नै हो तर यो धेरै वर्ष पुरानो चोट भएकाले यसै भन्न सकिदैन एमआरआई, सिटि स्क्यान गर्न पर्छ भन्नु भयो । मैले यहि भनेपछि आर्थिक अवस्था कमजोर छ कसरि उपचार गर्ने भनेर विरामी कृष्ण बहादुर राेकयाले दुख व्यक्त गरेपछि उपचारमा सहज हाेस् भनेर सबै परिवारकाे स्वास्थ्य बिमा गरिदिएको डाक्टर उपाध्यायले बताए । केहि समय पहिले एकजना बिरामिको लागि संकलन गरेको पैसा बाट रु १७०० रुपैया बचेको थियो त्यसैमा बाँकि आफैले थपेर बिमा गरिदिए। स्वास्थ विमा गरेर सहयाेग गर्दा उहाँ र उहाँको परिवारकाे उपचारमा सहज हुन्छ भन्ने विश्वासका साथ खुसी लागेकाे डाक्टर उपाध्यायले बताए।
बिरामी कृष्ण बहादुर राेकाया सहित गंगादेवि बुढा, अरुन राेकाया, बिबेक राेकाया, कर्ण राेकायाकाे स्वास्थ्य विमा गरिएको छ।
डाेल्पाका स्थानीय बासिन्दा समेत रहेका डाक्टर अखण्ड उपाध्याय एक चिकित्सक मात्र हाेइनन उनी विभिन्न क्षेत्रमा समस्या परेका व्यक्तिहरुलाई विभिन्न मनकारी मनहरुबाट सहयाेग संकलन गरि केही आफैले सक्दाे सहयाेग गर्दै सामाजिक कार्यमा सक्रिय छन।

फोक्सुण्डो खबर । ५ कार्तिक २०८२, मंगलवार