डाेल्पा । नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल प्रेस युनियन डाेल्पाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ डाेल्पाका संस्थापक अध्यक्ष बिष्णुप्रसाद देवकोटाले नेपाली कांग्रेसकाे साधारण सदस्य नरहने गरि पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन।

देवकोटाले बिहीबार फेसबुक पेजमा एक बक्तव्य जारी गर्दै बि.सं. २०५२ साल देखि आस्था राखेकाे नेपाली कांग्रेसकाे कुनै पनि जिम्मेवारीमा नरहने गरि आफू र आफ्नाे घरपरिवारले साधारण सदस्यता त्यागेकाे देवकोटाले फाेक्सुण्डाे खबरलाई बताएका छन।
आफुले आस्था राखेकाे नेपाली कांग्रेसमा पछिल्ला वर्षहरूमा पार्टी भित्र देखिएका प्रवृत्तिहरू—नेतृत्व र कार्यकर्ताकाे स्वार्थपरक सोच, संस्थाभन्दा व्यक्तिलाई ठूलो ठान्ने मानसिकता, पदलोलुपता, अनुशासनहीन आचरण, गुटगत–लुटगत प्रवृत्ति तथा एकीकृत संगठन निर्माणमा अनिच्छा—यी सबै कुराले मन, मस्तिष्क र विवेकले स्वीकार गर्न सकेन। यी कारणहरूले गर्दा अबका दिनहरूमा तटस्थ रहने गरि पार्टी परित्याग गरेकाे देवकोटाले बताएका छन। देवकोटा हाल नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्यसमिति सदस्य समेत रहेका छन।

फोक्सुण्डो खबर । १२ मंसिर २०८२, बिहीबार