डाेल्पामा “कृषि उत्पादन प्रदर्शनी” कृषक रणजित बाेहाेरा प्रथम

डाेल्पा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई डाेल्पाकाे आयाेजनामा सदरमुकाम दुनै बजार स्थित “कृषि उत्पादन प्रदर्शनी” कार्यक्रम सम्पन्न भएकाे छ। वार्षिक स्वीकृत कार्यक्रम अनुसार  कृषि उपज प्रर्दशन कार्यक्रममा विभिन्न स्थानका कृषकहरुले आफ्नाे उत्पादन कृषिजन्य वस्तुहरु प्रर्दशन गरेका थिए ।

कृषि उत्पादन प्रदर्शनी कार्यक्रम सहभागी कृषकहरुलाई अनुगमन तथा मुल्यांकन समितिले कृषकहरुले उत्पादन गरि प्रदर्शनी गरेका कृषि जन्य बस्तुहरुकाे मुल्यांकन गरि दिएकाे आधारमा विभिन्न स्थान हासिल गर्ने कृषकहरुलाई नगद पुरस्कार सहित सम्म गरिएको छ।

उक्त कृषि प्रदर्शनी कार्यक्रममा सहभागी त्रिपुरासुन्दरी नगरपालिका- ३ स्थित सुनदह फलफूल तथा नर्सरी उधाेगका कृषक रणजित बाेहाेरा प्रथम भएका छन। त्रिपुरासुन्दरी- ४ स्थित पवन जडिबुटी तथा बीउ उधाेगका ज्ञान बहादुर बाेहाेरा द्वितीय भएका छन। ठुलीभेरी नगरपालिका-११ स्थित फुनाल्दुवा कृषि तथा फलफूल उधाेगकी राममती कार्की तृतीय भएकी छिन।

यस्तै कृषि उत्पादन प्रदर्शनी कार्यक्रममा सहभागी ठुलीभेरी नगरपालिका-७ का कृषक तिलकजंग शाही, काईके गाउँपालिका-७ कि कृषक सीता बुढा राेकाया, ठुलीभेरी नगरपालिका-२ कि कृषक नन्दालक्ष्मी क्षेत्री, ठुलीभेरी नगरपालिका-१० का कृषक हिरालाल कार्की लाई सहभागी प्राेत्साहान पुरस्कार प्रदान गरिएको छ।

कृषि उत्पादन प्रदर्शनी कार्यक्रममा सहभागी कृषक प्रथमलाई रु ९ हजार रुपैयाँ,  द्वितीयलाई रु ७ हजार रुपैयाँ, तृतीयलाई रु ५ हजार रुपैयाँ र अन्य सहभागीलाई रु २ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र हस्तान्तरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई डाेल्पाका कार्यालय प्रमुख गाेविन्द बहादुर मल्लले जानकारी दिएका छन । कृषि उत्पादन प्रदर्शनी कार्यक्रमले कृषकहरुले उत्पादन गरेका वस्तुको प्रचारप्रसार हुनुकाे साथै कृषकमा मनाेवल बढ्ने र एक आपसमा परिचय हुने विश्वास रहेकाे उनले बताएका छन।

यसैबिच डाेल्पा जिल्लाका स्याउ जाेन संचालन भएका विभिन्न स्थानका कृषकहरुकाे भेलाबाट शैलेश बुढाकाे  संयाेजकत्वमा जाेन संचालन समन्वय समिति (स्याउ जाेन)पुन:गठन गरिएकाे छ।

जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया, नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढा लगाएतका सराेकारवाला निकायले कृषि प्रदर्शनीकाे अनुगमन गरेका थिए।

तपाईको प्रतिक्रिया