डाेल्पाकाे जुफाल विमानस्थल भदौ १० गते देखि एक महिना बन्द हुने

डाेल्पा । डोल्पा जिल्लामा रहेको जुफाल विमानस्थल एक महिना सम्म  बन्द गर्नकाे लागि सिफारिस गरिएको छ । शनिबार जिल्लास्थित सरोकारवाला व्यक्तिहरूले स्थलगत अनुगमन गरेपछि बैठक बसी विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई सिफारिस गर्ने निर्णय गरेको हो । विमानस्थलको धावनमार्ग असुरक्षित भएको गुनासो पाइलटहरूबाट बारम्बार आएपछि स्तरोन्नति गर्नका लागि विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण जुफाल डाेल्पाका प्रमुख अमित चौरासियाले जानकारी दिए ।

विमानस्थल स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएर एक निर्माण कम्पनीले जिम्मा पाइसकेको छ । यहि भदौ १० देखि असोज १० गते सम्म एक महिना सम्म धावनमार्ग स्तराेन्नति गरिने छ । भेरिकरिडाेर अन्तरगत डाेल्पा सडक खण्डमा ठाउँ ठाउँमा पुलहरु नबन्दा  र सडक स्तराेन्नति नहुदा जुफाल विमानस्थल डाेल्पालीहरुकाे भरपर्दो माध्यम रहेकाे थियाे ।

स्थलगत अनुगमनमा विमानस्थल प्रमुख अमित चौरासिया, ठुलीभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली, सशस्त्र प्रहरी नायब उपरीक्षक लीलाबहादुर कार्की, प्रमुख अनुसन्धान अधिकृत मेघराज कँडेल लगाएत एयरलाइन्सका प्रमुख तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

विमानस्थलको एक सय ८५ मिटर स्तरोन्नति गर्नुपर्नेछ । त्यसको जिम्मा आजीवन मरिन–तामाङ जेभी धादिङले मूल्य अभिवृद्धि करसहित ६ करोडमा लिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया