सरोज थापा,
डोल्पा । मुड्केचुला गाउँपालिकामा पर्ने मुड्केचुला तिर्थ स्थल हिन्दु धर्मलम्बिहरुको शक्ति पिठको रुपमा मानिन्छ । यो तिर्थ स्थलको उचाई समुन्द्र सतह देखि ४ हजर मिटर रहेको छ । यसै तिर्थ स्थलको नाम बाट गाउँपालिकाकाे नामाकरण समेत गरिएको छ । जस्को नाम मुड्केचुला गाउपालिका रहेको छ । धार्मिक हिसाबले मुड्केचुला तिर्थ स्थलको नाम सत्यदेबिको मुटु खसेको कारण यो पबित्र तिर्थ स्थलको नामकरण मुड्केचुला रहेको जन बिस्वास छ ।
परम्परा अनुसार चली आएको रितिथिती धर्म सस्कार अनुसार व्रत बसि तिर्थ जाने , देबि देवता आफ्ना मनिकेहरुलाई खुसी बनाउने र साउन पुर्णिामा को एकादशी देखि पुर्णिामा सम्म व्रत बसि आफुले सोचेको फल प्राप्ति तथा सोचेको पूरा गर्न मुड्केचुला तिर्थ जने गरेको दारे मष्टाका धामी डिल बहादुर थापाले बताए ।
डोल्पाका मुड्केचुला, जगदुल्ला,ब्यासिरिखी ,लगाएत दर्जनौ तिर्थ स्थलहरु रहेका छन । यी तिर्थ स्थलहरुमा साउन पुर्णिामामा बिशेष महत्त्वका साथ पुगेर पबित्र जल द्वारा स्नान गरिन्छ । विशेष गरेर प्रत्येक बर्षको साउन पुर्णिामा को अबसरमा डोल्पा जिल्ला लगाएत छिमेकी जिल्ला जाजरकोट ,रुकुम,जुम्ला, लगाएत अन्य जिल्ला बाट पनि यो तिर्थ स्थल पुगि आफ्नो कुल देबि देवताहरुको पबित्र जलले स्थान गरिसके पछि आफ्नो पुर्ण शत्ती प्राप्ती हुने बिस्वास रहेकोले तिर्थ यात्रीहरु आउने गरेको बिस्वास गरिन्छ ।
यसरी डोल्पाका गाउँ बस्ती र टोल टोलमा साउन पुर्णिामाको अबसरमा तिर्थ यात्री धामी पुजारा जति टाढा तिर्थ यात्रा जानू परेपनी खाली खुट्टा हिडेर जाने गरिन्छ भने केहिले लगएर जन्छ्न ! तिर्थ जादा आफ्ना देबि देवताका घाटघौरा , त्रिशुल, धुपधजा , प्रशाद बोकेर जादा र फर्किदा महिलाहरुले स्वागतको लागि मागल द्वारा गित गाएर स्वागत गर्ने गर्छन ।
देबि देउताले शक्ति दिने र रक्षा गर्ने र सोचेको मनोइच्छा पूरा हुने भएकोले केही चढाएर धार्मिक बिस्वासका साथ साउन पुर्णिामाको त्रीयादशिको दिन गएर भगबानलाई बर्दान मागेर चर्दसिका दिन फर्कने गरेको पुजारी इन्द्र बोहोराले बताए ।
यसरि बर्सेनि डोल्पा मात्र नभएर देखै भरिमा साउन पुर्णिामालाई आफुले मानेका कुलमी देबि देवताको पर्व या उष्बको रुपमा लिने गरिन्छ ! भने देबि देवताको मुख्य शक्ति पिठ तथा पबित्र स्थलहरुमा गएर पबित्र भएर शक्ति प्राप्त गर्ने प्रक्रियालाई तुर्थ यात्रा भन्ने गरिएको छ ।
फोक्सुण्डो खबर । १५ भाद्र २०८०, शुक्रबार