डाेल्पा । ठुलीभेरी नगरपालिका डाेल्पाकाे अगुवाइमा सदरमुकाम दुनै बजारमा अनुगमन गरिएको छ। बुधबार ठुलीभेरी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयाेजक छिरिङ टाेल्मा महत, प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद राेकाया, वडा नं. ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारी , वडा सचिव मान बहादुर खड्का, उधाेग बाणिज्य संघ डाेल्पाका अध्यक्ष लालिमान बुढा, नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढा, उधाेग तथा उपभोक्ता हित संरक्षण डाेल्पाकाे प्रतिनिधि कल्पना शाही, पत्रकार सुरक्षाकर्मी सहितकाे टाेलीले दुनै बजारमा रहेका हाेटेल पसल मेडिकल फ्रेसहाउस बाट रु २३ हजार भन्दा बढी मुल्यकाे अखाद्य बस्तु तथा म्याद गुर्जेका सामान जफत गरि नष्ट गरेकाे हाे ।
जेठ ५ गतेदेखि डाेल्पाका विभिन्न यार्सा पाटन खुल्ला हुदैछन। यार्सा सिजनलाइ मध्यनजर गर्दै धमाधम व्यवसायीहरुले खाधन्न बस्तुहरु भित्र्याउन थालेपछि दुनै बजारका विभिन्न हाेटेल पसलहरुमा अनुगमन गरिएको हाे।
उपभोक्ताकाे स्वास्थ्यलाई ध्यान दिदै नगरपालिकाले अनुगमनलाई प्रथामिकता दिएकाे र पछिल्लो समय बजारमा सुधार हुँदै आएकाे प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद राेकायाले बताए । अनुगमनकाे क्रममा हाेटेल पसल लगाएतका व्यवसायीहरुलाई म्याद गुर्जेका सामान नबेच्न, मूल्य सुचि राख्न, व्यवसाय दर्ता गर्न, दर्ता गरेका व्यवसायीलाई नगरपालिकामा सुचिकृत गर्न, सरसफाइ कर समयमै बुझाउन निर्देशन दिएको अधिकृत राेकायाले जानकारी दिए । नगरपालिकामा दर्ता तथा सुचिकृत नगरि संचालन गरेका र नगरपालिकामा कर नबुझाएका व्यवसायीलाई एक हप्ता भित्र प्रकिया पूरा गर्न भनिएकाे छ। निति नियम अनुसार उपभोक्ता तथा स्थानीय बासिन्दाले कर पनि बुझाउनु पर्छ तर कर बुझाए बापत सेवा सुविधा पनि पाउने अधिकार भएकाे हुदा नगरपालिकाले सक्दाे पूरा गर्ने राेकायाले बताए ।
केही बर्ष देखि ठुलीभेरी नगरपालिकाले दुनै बजार र जुफाल बजारमा ट्याक्टर मार्फत फाेहाेर उठाउदै आएकाे छ। फाेहाेर उठाए बापत व्यवसायीले कर बुुझाउनु पर्ने हुन्छ तर धेरैले नबुझाउदा नगरपालिकाले कडाइ गर्न लागेकाे हाे।
फोक्सुण्डो खबर । १ जेष्ठ २०८२, बुधबार