डाेल्पा। ठुलीभेरी नगरपालिकामा तिन दलले ध्यानाकर्षण पत्र बुझाएका छन । बुधवार नगरप्रमुख श्ववर्ण कुमार बुढालाई नेकपा (एमाले) ठुलीभेरी नगर कमिटी,नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले संयुक्त रुपमा नगर प्रमुख बुढालाइ ध्यानाकर्षण पत्र बुझाएका हुन । ४ पृष्ठ लामो ध्यानाकर्षण पत्रमा भनिएको छ २०७९ को निर्वाचन पछि ३ बर्षमा नगरप्रमुख बुढाको नेतृत्वमा भएका कामका प्रश्नोत्तर सहितको प्रगित वारे सार्वजानिक सुनुवाई गर्न माग गरेका छन । नगरपालिकाले राम्रो कार्यको श्रेय लिनुपर्ने र गलत कार्यहरुको समयमै सुधार गरी जानुपर्ने समेत सझाब दिईएको छ ।
स्थानीय सरकारले संघियताको सहि रुपमा सदुपयोग गरी जनताका माग र सेवालाइ प्रभावकारी बनाउन जरुरी रहेको र विकासलाइ तिव्रता दिनुपर्नेमा जोड छ । विकासका कामहरु सामान्यतह भइ रहेका भएपनि न्यायका कामहरु प्रभाकारी नभएको र सानातिना समस्या पनि जिल्ला प्रहरी र प्रशासन सम्म पुग्ने गरेकोले न्यायीक समिति सक्रिय हुनुपर्ने माग राखिएको छ । माध्यामिक शिक्षा ब्यवस्थापन,नगर प्रहरी मार्फत स्थानीय शान्ती सुरक्षा प्रदान,स्थानीय सेवाको गठन र सञ्चालन समेत स्थानीय सरकारको जिम्मेवारी भएकोले सोहि अनुसार नागरिकलाइ अनुभुति गराउन समेत ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।
स्थानीय तहमा भएको संघ र प्रदेशको हस्तक्षेपका साथै तिनै तहका सरकारको साझा सूचिमा हुनुपर्ने परामर्श,सहकार्यमा स्थानीय सरकारको पहलकदमी कम रहेको र निकै निरासाजनक रहेको समेत ईङ्कित गरिएको छ । स्वआचरणका बारेमा सोच्नैपर्ने कुरा शुसान भएको अख्तियारमा परेका उजुरीहरुमा दुईतिहाई उजरी स्थानीय तहका भएको र नगरपालिकाको वेरुजुको अवस्था डरलाग्दो रहेको हुदा आन्तरिक राजश्वमा कडा गर्नुका साथै फजुल खर्च कटौति गर्न समेत ध्यानाकर्षण पत्रमा सुझाव दिईएको छ । ठुलीभेरी नगरपालिकाका जनताको पायक पर्ने स्थानमा हाल सम्मको विकास बारे सार्वजानिक सुनुवाई गर्नुपर्ने र नगर प्रमुख सँग प्रश्न उत्तर कार्यक्रम तत्काल गर्न माग सहित ध्यानाकर्षण पत्र नगर प्रमुख बुढालाई बुझाईएको छ ।
तिन दलको ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख बुढाले भने दलले निकै राम्रो कुराको उठान गरेको छ स्थानीय सरकार यष बिषयमा गम्भिर भएको र गलत कुराहरु सच्याउदै जनताको हितमा काम गर्नेमा बिश्वस्त हुनुस । सवैले उठाएको आवाज जनताको भएको र जनताकै पक्षमा रहेर काम गर्ने भएकाले दलले ध्यानाकर्षण पत्रमा उठाएका सवालको जवाफ समय अनुकुल हुने र यदि स्थानीय सरकारले कतै गलत कार्यहरु गरेको छ भने समयमा खवरदारी गर्न समेत आग्रह नगरप्रमुख बुढाले दलका नेताहरुलाइ आग्रह गरे ।
नेकपा (एमाले) ठुलीभेरी नगर कमिटीका सचिव गोपाल बहादुर शाही,नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सचिवालय सदस्य बिरमल कुमार भण्डारी र नेकपा (एकिकृत समाजवादी)का प्रदेश समिति सदस्य धर्मालाल बुढाले संयुक्त रुपमा हस्ताक्षर गरेर ध्यानाकर्षण पत्र ठुलीभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण कुमार बुढालाई बुझाएका हुन । नागरिकका तर्फवाट जनताकै हितका लागि स्थानीय सरकारलाइ खवरदारी र सुझाव समेत दिने कामको थालनी भएको र आगामी दिनमा पनि निरन्तर खवरदारी र सल्लाह सुझाव दिनु पर्ने एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा डाेल्पा सह इन्चार्ज हरिप्रसाद डाँगीले बताए ।
फोक्सुण्डो खबर । १ जेष्ठ २०८२, बुधबार