रुपलाल बाेहाेरा,
डोल्पा । भुमि समस्या समाधान आयोग जिल्ला समिति डोल्पा ले अव्यवस्थित बस्ती को स्थलगत निरीक्षण गरेको छ। डोल्पा को छार्का तामसोङ गाउँ पालिका वडा नं ४ को कागकोटमा शुक्रबार समितिले निरिक्षण गरेको हो।
निरिक्षणको क्रममा कागकोट गाँउमा मात्र ६२ घर अव्यवस्थित रहेका छन् । पहिले बसेको कागकोट बस्तीमा भिरबाट ढुङ्गा खसेर मानवीय तथा पशुवस्तु को क्षति भए पछि १५ बर्ष पहिला कागसेरा मा अव्यवस्थित बसोबास गर्दै आएको स्थानीय छेवाङ गुरुङ ले जानाकारी दिए। पहिले को बस्ती मा भिर बाट खसेर एक जना महिला र २ जना बच्चा को मृत्यु भए पछि रहर नभइ बाध्यता ले हाल अव्यवस्थित बसोबास गर्नु परेको पनि गुरुङ ले बताए।
पछिल्लो समयमा जनसंख्या बृद्धि र बस्ती तलको जमिन भासिदै गएकाले निकै समस्या भइ सुरक्षित ठाउँ कागसेरा मा गएको र सुरु मा पाल टाँगेर बसेको पनि उनले बताए । निरिक्षण को क्रम मा समिति का अध्यक्ष तुलाचन्द्र बुढा ले कागकोट बस्ती सरेर ठिक भएको बताउनु भयो , यदि त्यो बस्ती नसरेको भए ठुलो धन जनको क्षति हुने रहेछ भन्दै अव ब्यबस्थित बस्ती का लागी प्रकृया बढेको भन्दै स्थानिय बासीलाई बिश्वास दिलाए ।
निरिक्षण मा समिति का विज्ञ सदस्य इन्द्र बहादुर बुढा ले छार्का तामसोङ गाउँ पालिका भरी २२१ जना को निवेदन आएको मा वडा नं ४ कागकोट मा ६२ घर, वडा नं १ छार्का ८५ घर, वडा नं २ पिम्री र ठिम्मेरमा २६ घर, वडा नं ३ ढाड गाउँ र ढुकोट मा ३० घर र वडा नं ५ को पीम्री मा १५ घर को निबेदन परेको बताए ।
समितिका अध्यक्ष तुलाचन्द्र बुढा , बिज्ञ सदस्य इन्द्र बहादुर बुढा, सदस्य सत्य बहादुर शाही, प्रशासन का अक्कल बडुवाल, जिल्ला वन बाट टेक वहादुर रावत, मालपोत बाट सिलास के सी, नापी का प्रकास सिंह ठकुरी, भुमि समस्या समाधान आयोग डोल्पा का सर्वेक्षक अमिन गरी १३ जना को टोली रहेको थियो।
आयोग जिल्ला समिति डोल्पा ले तत्काल वडा नं ४ कागकोट बाट सुरु गरेर निवेदन परेका सबै वडा मा प्रकृया अगाडि बढाउने जनाएको छ।
फोक्सुण्डो खबर । १७ असार २०८२, मंगलवार