डाेल्पाकाे ठुलीभेरी नगरपालिका पूर्ण खाेप दिगाेपना सुनिश्चितता पालिका घाेषणा

डाेल्पा । डाेल्पाकाे ठुलीभेरी नगरपालिकालाई पूर्ण खाेप दिगाेपना सुनिश्चितता पालिका घाेषणा गरिएको छ। ठुलीभेरी नगरपालिका नगर प्रमुख सुवर्ण कुमार बुढाकाे अध्यक्षतामा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाकाे प्रमुख आतिथ्यतामा मंगलबार ठुलीभेरी नगरपालिका स्वास्थ्य शाखा जुफाल डाेल्पाकाे आयाेजनामा एक कार्यक्रम गरि पूर्ण खाेप दिगाेपना सुनिश्चितता पालिका प्रमाणिकरण गरि घाेषणा गरिएको हाे ।

“स्थानीय स्वामित्व र सहभागीता पूर्ण खाेप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराकाे साथ राष्ट्रिय खाेप कार्यक्रम पुर्ण खाेप, सुरक्षित भविष्य, अन्तरगत ठुलीभेरी नगरपालिकालाई पुर्ण खाेप दिगाेपना  सुनिश्चितता पालिका घाेषणा गरिकाे हाे ।

ठुलीभेरी नगरपालिकामा जिल्ला अस्पताल सहित ११ वटा स्वास्थ्य सस्था रहेका छन ।  प्रत्येक घरघरमा गई घरधुरी सर्वेक्षण गरि  १५ महिना मुनिका बालबालिकालाई  पुर्ण खाेपकाे लागि निरन्तरता दिने र २३ महिना मुनिका  बालबालिकाकाे छुट खाेप लगाई पुर्ण खाेप मार्फत सबै बालबालिकाले खाेप पाएलगत्तै ठुलीभेरी नगरपालिकालाई पुर्ण खाेप दिगाेपना सुनिश्चितता पालिका घाेषणा गरिकाे ठुलीभेरी नगरपालिका जनस्वास्थ्य निरीक्षक राजन कुमार डाँगीले जानकारी दिए ।

घाेषणा कार्यक्रममा बाेल्दै हाल नगरपालिकाका सम्पूर्ण बालबालिकाले खोप नियमित पाइरहेको ठुलीभेरी नगरपालिका  स्वास्थ्य शाखा प्रमुख खडक बहादुर बुढाले दाबी गरेका छन ।

ठुलीभेरी नगरपालिकालाई पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा गरेता पनि पालिका भित्रका बालबालिकालाई खाेप लगाउनबाट बञ्चित नहुने गरि नगरपालिकाले खाेप दिगाेपनामा निरन्तरता दिने निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद राेकायाले बताए।

डाेल्पाका स्थानीय तह संग सहकार्य गरेर स्वास्थ्य सम्बन्धि क्रियाकलापमा संचालन गर्न तयार रहेकाे निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर सिजन रावलले बताए।

ठुलीभेरी नगरपालिकालाई विभिन्न सुचकअनुसार पुर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा गरेपनि बालबालिकाले खाेप पाउनबाट बञ्चित नहुने गरि खाेपलाई निरन्तरता दिन जिल्ला खाेप समन्वय समिति डाेल्पाका संयाेजक तथा  जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताए। सबैभन्दा ठुलाे धन भनेकै स्वास्थ्य भएकाे हुदा स्वास्थ्य क्षेत्रमा लगानी गर्न आवश्यक रहेकाे राेकायाले बताए।

राष्ट्रिय खाेप कार्यक्रम अन्तरगत पुर्ण खाेप दिगाेपना सुनिश्चितता पालिका घाेषणा गरेतापनि आगामी दिनमा ठुलीभेरी नगरपालिकाले खाेप कार्यक्रमलाई निरन्तरता दिने ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बुढाले बताए ।

ठुलीभेरी नगरपालिका पूर्ण खाेप दिगाेपना सुनिश्चितता प्रमाणिकरण कार्यक्रममा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया, नगर प्रमुख सुवर्ण कुमार बुढा, उपप्रमुख छिरिङ टाेल्मा महत, निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद राेकाया, स्वास्थ्य सेवा कार्यालय डाेल्पाका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर सिजन रावल, वडा ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारी, वडा नं. ९ का वडा अध्यक्ष सुवास कठायत, आदर्श माबि जुफालका प्रधानाध्यापक बालकृष्ण डाँगी लगाएत विभिन्न क्षेत्रका व्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया