डाेल्पामा नक्कली बिधालयकाे नाममा रकम भुक्तानी गरेकाे आराेपमा ४ जना विरुद्ध भ्रष्टाचारको मुद्वा दायर

डोल्पा । डोल्पामा ‘झोले विद्यालय’को नाममा नक्कली योजना खडा गरी राज्यकोषबाट रकम हिनामिना गरिएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस घोटालामा संलग्न भन्दै जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन प्रमुख र लेखापालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालतमा बिहीबार दायर मुद्दाअनुसार तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा घोटालामा संलग्न छन्।

आरोप पत्र अनुसार आ.व. २०६७/०६८ मा तत्कालीन दुनै गाविस वडा नं. २ र ३ (हाल ठूलीभेरी नगरपालिका–४, तिप्ला) मा अस्तित्वमै नरहेको दुर्गा प्राथमिक विद्यालय स्थापना गरिएको देखाएर दुई कोठे भवन निर्माणको नाममा ७ लाख ६० हजार रुपैयाँको बजेट विनियोजन गराइएको थियो।

पत्र हेर्नुस् :

 

तपाईको प्रतिक्रिया