डाेल्पा । जिल्ला अस्पताल डाेल्पामा बिशेषज्ञ चिकित्सक MDGP डाक्टर विदुर तिवारीलाई भव्य रुपमा स्वागत गरिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठाबाट छात्रवृत्ति करार सेवाकाे लागि जिल्ला अस्पताल डाेल्पामा आएका बिशेषज्ञ चिकित्सक डाक्टर विदुर तिवारीलाई स्वास्थ्य सेवा कार्यालय डाेल्पाकाे आयाेजनामा विभिन्न सराेकारवाला निकायकाे सहभागीतामा एक औपचारिक कार्यक्रम गरि भव्य स्वागत गरिएको हाे।
बिशेषज्ञ चिकित्सक MDGP डाक्टर तिवारीलाई स्वागत तथा सफल कार्यकालकाे शुभकामना दिदै दिर्घकाली रुपमा सेवा दिने गरि साेच बनाउन नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढाले आग्रह गरेका छन। डाेल्पामा सरुवा भएर आउने तर काम सिकेर फेरि सरुवा हुने परिपाटी भएकाे हुदा यस्ताे कार्य नदाेहाेरीने पनि विश्वास रहेकाे उनले बताए।
बिशेषज्ञ चिकित्सक डाक्टर तिवारीलाई डाेल्पामा स्वागत गर्दै नागरिकहरुले बिशेषज्ञ सेवा पाएकाे महसुस हुने गरि सेवा दिन प्रमुख जिल्ला अधिकारी राेम बहादुर महतले आग्रह गरेका छन। जसरी हुन्छ जिम्मेवार निकायले नागरिककाे सेवा गर्नु सबैको दायित्व रहेकाे प्रजिअ महतले बताए ।
MDGP डाक्टर तिवारीलाई डाेल्पामा ल्याउनकाे लागि धेरै प्रयास पछि सफल भएकाे जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताए । डाक्टर तिवारीलाई स्वागत गर्दै जिसस प्रमुख राेकायाले सबै स्थानीय तह संग समन्वय गरेर बिशेषज्ञ सेवा शिविर गाउँघारमा पनि संचालन भुमिका खेल्ने उनले बताएका छन।
जिल्ला अस्पताल डाेल्पाले भाैतिक संरचना संगै व्यवस्थापकीय पक्षमा परिवर्तन हुँदै गएकाेले अब अस्पतालबाट दिने सेवामा पनि थप हुँदै गएकाे भन्दै जिल्ला अस्पताल व्यवस्थापन समिति डाेल्पाका अध्यक्ष कमल बहादुर शाहीले खुसी व्यक्त गरेका छन। अस्पतालमा बाहिरी फाेहाेरी राजनीति घुस्न नहुने उनले धारणा राखेका छन।
जिल्ला अस्पताल डाेल्पाले MDGP डाक्टर पाए संगै अधिकांश सल्यक्रिया सहितकाे सेवा संचालन हुने विश्वास रहेकाे स्वास्थ्य सेवा कार्यालय डाेल्पाका निमित्त व्यवस्थापक डाक्टर सिजन रावलले बताए । बिशेषज्ञ डाक्टर डाेल्पामा पठाउन भुमिका खेल्ने सबैलाई धन्यवाद दिदै सेवा संचालन गर्दा आवश्यक सहयाेग गर्न सबैलाई डाक्टर रावलले अनुरोध गरेका छन।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट छात्रवृत्ति करार सेवामा डाेल्पा पुगेका बिशेषज्ञ चिकित्सक MDGP डाक्टर विदुर तिवारीले डाेल्पामा काम गर्न पाउनु आफू भाग्यमानी ठानेकाे बताएका छन। यहाँका सबैको साथ सहयाेगमा बिशेषज्ञ सेवा संचालन गर्न सकिने र सफल हुने बिश्वास रहेको पनि डाक्टर तिवारीले बताएका छन।
नेकपा एकीकृत समाजवादी पार्टी डाेल्पाका अध्यक्ष छक्क बहादुर धराला, नेकपा माओवादी केन्द्र डाेल्पाका नेता ओमेन्द्र केसी, नेकपा एमाले डाेल्पाका नेता पुर्ण बहादुर डाँगी, पुर्व संविधान सभा सदस्य तथा नेपाली कांग्रेस प्रतिनिधि दूध कुमारी हमालले स्वागत संगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
फोक्सुण्डो खबर । १९ असार २०८२, बिहीबार