डाेल्पाकाे सरस्वती मावि दुनैमा वृहत्तर यौनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण सम्पन्न

डाेल्पा । डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारमा रहेकाे सरस्वती मावि दुनैमा वृहत्तर यौनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएकाे छ।

वि.स. २०३४ सालमा स्थापना भई हजाराै दक्ष जनशक्ति उत्पादन गर्दै आएकाे सरस्वती माध्यामिक विद्यालयमा BMZ को आर्थिक सहयोग Plan International Nepal को साझेदारीमा SAC Nepal द्वारा डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिका  र त्रिपुरासुन्दरी नगरपालिकामा संचालित किशोरी सशक्तीकरण परियोजनाले विरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको पहिलो चरणमा बृहत्तर यौनिकता शिक्षा सम्बन्धि  तालिममा १ जना शिक्षक र १ जना शिक्षिका गरी २ जनाले वृहत्तर यौनिकता शिक्षा सम्बन्धि तालिम प्राप्त गरेका थिए भने दोस्रो चरणमा डोल्पा जिल्लाको सदरमुकाम दुनैमा संचालन भएको उक्त तालिममा २ जना शिक्षकहरु र विव्यस पदाधिकारीले सफलता पुर्वक तालिम प्राप्त गरेका छन।

सरस्वती माध्यमिक विद्यालयमा ४ जना वृहत्तर यौनिकता शिक्षा सम्बन्धि तालिम प्राप्त शिक्षकहरु छन। विद्यालयमा पहिलो सुरुवाती चरणमा परियोजनाले वि.व्य.स. र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई वृहत्तर यौनिकता शिक्ष सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो भने यस पटक नवगठित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई वृहत्तर यौनिकता शिक्षा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।  वृहत्तर यौनिकता शिक्षा सम्बन्धि तालिम प्राप्त शिक्षक हरिहर खनालले २१ जना सहभागीलाई वृहत्तर यौनिकता शिक्षा सम्बन्धी तालिम दिइएको छ।

वि.व्य.स. र शि.अ.संघका पदाधिकारीहरुलाई वृहत्तर यौनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण तालिम प्रदान गरी विद्यालय सुधार योजना SIP मा पनि वृहत्तर यौनिकता शिक्षाको विषयलाई समावेश गरी सोही अनुसार कार्यन्वयन गर्न गराउन, विद्यालय तथा समुदायमा वृहत्तर यौनिकता शिक्षाको प्रचार प्रसार गरी सकारात्मक सोच सहितको व्यवहारमा लागु गर्न गराउन, विद्यालय तथा समुदायमा हुने र हुन सक्ने दुरव्यवहार, लैङ्गिक हिंसा, हानिकारक मुल्य मान्यता शोषण उत्पीडनलाई न्युनिकरण गरी सजक र सचेत गराउन जिम्मेवारी नागरीकको भुमिका निर्वाह गर्नुका साथै किशोर किशोरी मैत्री समाज निमार्ण गने वातावरणको सृजना गर्न सक्ने कुशल अभिभावकको अभिभावकत्व पुरा गन गराउनु उदेश्य रहेकाे जनाइएको छ।

BMZ की आर्थिक सहयोगमा Plan International Nepal को साझेदारी मा SAC Nepal द्वारा डोल्पा जिल्लाको ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा संचालित किशोरी सशक्तीकरण परियोजना” मार्फत विद्यालय, स्वास्थ्य संस्था, समुदाय, स्थानिय सरकार र सरोकारवाला निकायहरु संग २०८१ मंसिर महिनादेखि सहकार्य गर्दै काम गरी रहेको छ। यस सरस्वती माध्यमिक विद्यालयमा यस परियोजना लागु भए पश्चात विद्यालयको शैक्षिक गुणस्तर सुधार देखि विद्यालयले संचालन गर्ने हरेक क्रियाकलापमा सहयोग उचित परार्मश, समन्वय तथा सहकार्य गर्दै काम गरी रहेको छ।

सरस्वती मावि दुनैमा कक्षा ६ देखि १२ सम्म सबै कक्षाहरुमा डिजिटल स्माट बोर्डबाट शिक्षण कार्य गरिनुका साथै मिति २०८२ साल ४ महिना १० गते बाट विद्यालयमा हुने विद्यार्थी र शिक्षकको नियमिता, विद्यार्थीको अनुशासन र पढाई प्रतिको चासो, शिक्षकको शिक्षण शैलि विद्यार्थीमाथि गर्ने व्यवहार, शैशिक सामग्रीको प्रयोगका साथै विद्यालयका सम्पुर्ण गतिविधिको अवलोकन तथा निरिक्षण गर्ने कार्यको लागी प्रत्योक विद्यार्थीका अभिभावकहरुको प्रत्योक दिन डियुटी गर्नेकार्यको पनि शुरुवाती भई रहेको छ।

सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी मध्य दलित ५९ जना, जनजाति ३० जना अपांगता ५ जना र अन्य २९८ जना गरी जम्मा ३९२ जना विद्यार्थीहरु रहेका छन।

यस परियोजनाले किशोरकिशोरी तथा नवयुवाहरुका यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको प्रवद्धनका लागी विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वमं सेविका, बालवालिका, अभिभावक तथा सरोकारवाला व्यक्ति तथा निकायहरु संग मिलेर सचेतना अभिवृद्धि, क्षमता विकास र व्यवहार परिर्वतनमुखि गतिविधिहरु संचालन गर्दै आईरहेको छ। परियोजनाका माध्यम बाट विद्यालयमा समावेसी, सुरक्षित र सहयोगी वातावरणको सृजना गर्दै किशोर किशोरीहरुलाई जिवन कौशलका माध्यम बाट आफ्नो स्वास्थ्य, अधिकार र भविश्य प्रति सजक, सचेत, जिम्मेवार र सशक्त बन्ने अवसर प्रदान गर्दै आई रहेको छ ।

महिनावारी स्वाच्छता र सरसफाई कक्षा:

यस परियोजनाले सरस्वती माध्यमिक विद्यालयमा महिनावरी स्वाच्छता र आराम कक्षाको स्थापना गरी किशोरीहरु महिनावारी भएकै कारण पठन पाठन छुट्नुका साथै विचैमा पढाई छोड्नु पर्ने वातारणको अन्तय गरी किशोरीहरु महिनावारी भएको बेलामा पनि पढाईलाई निरन्तरता दिनकोलागी महिनावारी स्वाच्छता र सरसफाई कक्षाको स्थापना र महिनावारी स्वाच्छता सम्बन्धि आवश्यक सामाग्रीहरु, किशोर किशारीहरुले आफुले आफ्‌ना अभिभावक, शिक्षक र दौतरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि जिज्ञासाका कुराहरु प्रत्यक्षरुपमा राख्न नसक्ने भएकाले विद्यालयमा किशोर किशोरी मैत्री सुचाना कुनाको व्यवस्था गरी सुचना प्राप्त गर्ने किशोरकिशोरी मैत्री सुचना कुनाको स्थापना गरी आवश्यक सन्दभ सामाग्री उपलब्ध, विद्यालयमा विद्यार्थीहरु दिसा पिसाव गर्न ज्यादै असहज भएकाले विद्यालयमा आधुनिक लैङ्गिक तथा अपांगता मैत्ती शौचालयको स्थापना गर्नुकासाथै विद्यालयमा शोषण, हिंसा, दुरव्यवहार मुक्त बनाई समावेशी, सुरक्षित र शुसासन कायम गर्नकोलागी विद्यालमा गुनासो सुनुवाई कार्य विधि २०७४ अनुसारको गुनासो सुनुवाई संयन्त्रको स्थापनमा समेतमा सहयोग गर्दै आई रहेको छ ।

तपाईको प्रतिक्रिया