डाेल्पा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डाेल्पाकाे साेमबार बसेकाे बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि एकल नाम सिफारिस गरेकाे छ। डाेल्पाबाट नेपाली कांग्रेसकाे तर्फबाट नेपाली कांग्रेस केन्द्रीय सदस्य कर्ण बहादुर बुढालाई एकल नाम सिफारिस गरिएको हाे।

यस्तै प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवारकाे लागि नेपाली कांग्रेस डाेल्पाले ३ जनाकाे नाम सिफारिस गरेकाे छ। जिल्ला कार्यसमितिकाे बैठकले टंकप्रासद उपाध्याय, जय कुमारी शाही र रमादेवि न्याैपानेलाई प्रतिनिधि सभा समानुपातिक उम्मेदवारकाे लागि नाम सिफारिस गरेकाे छ। उपाध्याय पुर्व जिल्ला पार्टी सभापति भएका थिए ।
आगामी माघमा हुने राष्ट्रिय सभा सदस्यकाे निर्वाचनको लागि नेपाली कांग्रेस डाेल्पाले ३ जनाकाे नाम सिफारिस गरेकाे छ। राष्ट्रिय सभा सदस्यकाे लागि दूध कुमारी हमाल, राजिमान सार्की र जुना मिजार लाई उम्मेदवारकाे लागि सिफारिस गरेकाे हाे । हमाल संविधान सभा सदस्य समेत भएकि थिइन।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति डाेल्पाकाे साेमबार बसेकाे बैठकले केन्द्रीय कार्यसमितिकाे निर्देशन अनुसार कार्यतालिका अनुसार वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गर्ने र नवीकरणकाे लागि आएका क्रियाशील सदस्यहरुकाे सदस्यतालाई अनुमाेदन गरि केन्द्रमा पठाउने निर्णय भएकाे नेपाली कांग्रेस जिल्ला कार्यसमिति डाेल्पाका पार्टी सचिव हिक्मत बहादुर शाहीले जानकारी दिए। नेपाली कांग्रेस डाेल्पाले पार्टीका गतिविधि निरन्तर संचालन गर्ने र आगामी निर्वाचनको लागि खराे तयारी गर्ने छलफल भएकाे सचिव शाहीले बताए ।

फोक्सुण्डो खबर । २३ मंसिर २०८२, सोमबार