डाेल्पा । डाेल्पाकाे काईके गाउँपालिका वडा नं. ५ मा पर्ने भेरी आधारभूत विधालय बैजिबारामा अध्ययनरत साना बालबालिकालाई न्यानाे पाेशाक वितरण गरिएको छ। विभिन्न क्षेत्रमा रहेका सहयाेगी भावना भएका ३० जना व्यक्तित्वहरुकाे सहयाेगमा कक्षा १ देखि ८ सम्म अध्ययनरत प्रत्येक बालबालिकालाई पाेशाक वितरण गरिएको हाे।

डाेल्पाकाे बिकट क्षेत्र मानिने भेरी आधारभूत विधालय बैजिबारामा अध्ययनरत ३५ जना बालबालिकालाई न्यानाेकाे लागि जुत्ता, मोजा ,टोपी र ट्रयाकसुट सेट वितरण गरिएको भेरी आधारभूत विधालय बैजिबाराकी सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी उषा थापाले जानकारी दिएकी छिन। दुर्गम क्षेत्रका आर्थिक कम्जोर विपन्न नागरिकका अध्ययनरत बालबालिकालाई बढ्दै गरेकाे चिसाेमा न्यानाे हाेस् भनी सहयाेग गर्ने विभिन्न क्षेत्रका सबैलाई विधालय परिवारकाे तर्फबाट धन्यवाद ब्यक्त गरेकाे थापाले बताइन् । यस न्यानाे पाेशाक सहयाेगले बालबालिकालाई चिसाेमा विधालय आउन प्रेरित गर्ने र पठनपाठनमा सहज हुने उनले बताएकी छिन।
भेरी आधारभूत विधालय बैजिबाराका बालबालिकालाई पाेशाक सहयाेग गर्नेहरुकाे विवरण तपशिल रहेकाे छ।


फोक्सुण्डो खबर । २५ मंसिर २०८२, बुधबार