डाेल्पाे क्याम्पस दुनै डाेल्पाकाे क्याम्पस सभा सम्पन्न,शैक्षिक गुणस्तरमा जाेड

डाेल्पा । डाेल्पाकाे सदरमुकाम दुनै बजारमा रहेकाे बि.सं. २०६० सालमा स्थापना भएको डाेल्पाकाे पहिलो क्याम्पस डाेल्पाे क्याम्पस दुनै डाेल्पाकाे क्याम्पस सभा-२०८२ सम्पन्न भएकाे छ। डाेल्पाे क्याम्पस संचालक समितिका कार्यबाहक अध्यक्ष लालिमान बुढाकाे अध्यक्षतामा जिल्ला समन्वय समिति डाेल्पाकाे प्रमुख श्याम बहादुर राेकायाकाे प्रमुख आतिथ्यतामा र संविधान सभा सदस्य दूध कुमारी हमाल, ठुलीभेरी नगरपालिका उपप्रमुख छिरिङ टाल्मा महतकाे बिशेष आतिथ्यता लगाएतकाे उपस्थितिमा  क्याम्पस सभा सम्पन्न भएकाे हाे।

डाेल्पाे क्याम्पस सभा-२०८२ मा क्याम्पसका लेखापाल सबनम केसीले आर्थिकक प्रतिवेदन पेश गरेकी थिइन भने क्याम्पस प्रमुख बिष्णुलाल बुढाले क्याम्पसकाे बार्षिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा क्याम्पसमा भैरहेका गतिविधि र आगामी दिनकाे शैक्षिक याेजनाबारे जानकारी गराइएको थियाे। क्याम्पस सभामा उठेका गुनासाहरुकाे बारेमा क्याम्पस प्रमुख बुढाले जवाफ दिएका थिए । क्याम्पसकाे समग्र शैक्षिक तथा भाैतिक परिवर्तनमा सहयाेग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन।

डाेल्पाे क्याम्पस सभा २०८२ लाई सरस्वती मावि दुनैका प्रधानाध्यापक सत्यनारायण सिंहले शुभकामना व्यक्त गरेका थिए। विधार्थीलाई नियमित पठनपाठनमा उपस्थित गराउन चुनाैति रहेकाे भन्दै यसलाई सबै शैक्षिक संस्थाले विशेष ध्यान दिन आवश्यक रहेकाे प्रधानाध्यापक सिंहले बताए ।

यस्तै नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढाले क्याम्पस सभा लाई शुभकामना दिदै आगामी दिनमा क्याम्पसले सुधार्नु पर्ने कुराहरुकाे सुझाव दिएका थिए। अबकाे आवश्यकता शैक्षिक गुणस्तरमा ध्यान दिन आवश्यक रहेकाे उनले बताए ।

ठुलीभेरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारीले क्याम्पस सभालाई शुभकामना दिदै पठनपाठनमा विधार्थीकाे नियमितता हुनु पर्ने बताएका छन। घर आगनमा रहेकाे क्याम्पसमा विधार्थी नियमित उपस्थित नहुनु विधार्थी र अभिभावककाे लापरबाही रहेकाे वडा अध्यक्ष भण्डारीले बताए। जुनसुकै ठाउँमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु आजकाे आवश्यकता रहेकाे उनले बताए ।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ओमेन्द्र केसीले क्याम्पस सभाकाे शुभकामना दिदै शैक्षिक गुणस्तर सुधारमा जाेड दिन सुझाव दिएका थिए।

नेकपा एमाले डाेल्पाका बरिस्ठ नेता नर बहादुर बुढाले क्याम्पस सभाकाे शुभकामना दिदै डाेल्पाे क्याम्पस स्थापना गर्न आफुले पनि धेरै संघर्ष गरेका बताएका थिए। क्याम्पसकाे शैक्षिक गुणस्तर बृद्वि गर्नकाे लागि संचालक समिति र क्याम्पस प्रशासनकाे मुख्य भुमिका रहने उनले बताए । आगामी दिनमा पनि क्याम्पसलाई साथ समर्थन रहने उनले बताए ।

नेपाली कांग्रेस डाेल्पाका पार्टी प्रतिनिधि लक्षमण कार्कीले क्याम्पस सभालाई शुभकामना दिदै शिक्षक बिधार्थी र अभिभावक एक आपसमा सक्रिय नहुने हाे भने शैक्षिक गुणस्तरमा परिवर्तन संभव नहुने बताए । शैक्षिक गुणस्तरमा ध्यान दिनु आजकाे आवश्यकता रहेकाे उनले बताए ।

संविधान सभा सदस्य दूध कुमारी हमालले क्याम्पस सभाकाे शुभकामना दिदै पठनपाठनमा शिक्षक अभिभावक र विधार्थी उत्तिकै सक्रिय हुनु पर्ने उनले बताइन् । बिधार्थीलाई नियमित उपस्थित हुने वातावरण बनाउने क्याम्पस प्रशासनलाई हमालले सुझाव दिएका छन। डाेल्पाे क्याम्पस डाेल्पाकाे ठुलाे शैक्षिक मन्दिर भएकाे हुदा यसलाई राजनितीकरण गरि नधमिल्याउन सबैलाई हमालले आग्रह गरेकी छिन।

जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले डाेल्पाे क्याम्पस सभामा सहभागीलाई शुभकामना दिदै संचालक समितिले आफ्नाे जिम्मेवारी के हाे भन्ने बुझ्नु पर्ने आवश्यकता रहेकाे बताएका छन। डाेल्पाे क्याम्पसकाे शैक्षिक विकासकाे लागि कहाँ के गर्नु पर्छ आफू सधै तयार  रहेकाे जिसस प्रमुख राेकायाले बताए ।

डाेल्पाे क्याम्पसकाे शैक्षिक गुणस्तर बृद्वि बिकास गर्नकाे लागि सबैको साथ सहयाेगकाे अपेक्षा रहेकाे डाेल्पाे क्याम्पस दुनै डाेल्पाकाे संचालक समितिका कार्यबाहक अध्यक्ष लालिमान बुढाले बताए छन। विधार्थीहरुलाई पठनपाठनमा नियमित उपस्थित गराउनकाे लागि अब इलेक्ट्रोनिक हाजिरीकाे आवश्यकता रहेकाेले आगामी दिन लागू गरिने उनले बताए ।

क्याम्पस सभाबाट पारित गरेकाे बार्षिक प्रतिवेदन पास गर्ने, क्याम्पसकाे शैक्षिक पुस्ताकालयकाे लागि सम्बन्धित ठाउँमा पेश गर्ने, नवनिर्मित भवनकाे तला थप गर्नकाे लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएकाे डाेल्पाे क्याम्पस संचालक समिति डाेल्पाका कार्यवाहक अध्यक्ष लालिमान बुढाले बताएका छन।

डाेल्पाे क्याम्पस सभा- २०८२ मा विभिन्न निकायका प्रतिनिधिहरुकाे सहभागी रहेकाे थियाे।

तपाईको प्रतिक्रिया