डाेल्पा । डाेल्पाकाे काईके गाउँपालिका वडा नं. ५ मा पर्ने ब्याँसी गाउँ स्थित सुर्बाेछे गुम्बाकाे भान्सा काेठामा आगलागी हुदा लाखौंको क्षति भएकाे छ। यहीँ मंसिर २८ गते शनिबार बेलुकी ङेर्ङा पुजाको दिन सुर्बोछे गुम्बाकाे भान्सा कोठामा आगोकाे झिल्काेबाट सल्केको आगाेले भान्सा काेठा जलेर नष्ट भएकाे हाे ।

शनिबार राति अन्दाजी १२ बजे तिर गुम्बाका प्रमुख लामाले धुवाँ बाहिर निस्केको थाहापाई छिमेकीलाई खबर गरि गुम्बाका चारै घरका मान्छे गएर आगो निभाए पछि गुम्बामा अन्य थप क्षेति हुनबाट बचेकाे हाे।आगलागीबाट गुम्बाकाे भान्सा कोठा भित्र सबै जलेकोले ब्याँसी गाउँका स्थानीयहरु चिन्तित भएको काईके गाउँपालिका- ५ ब्याँसी गाउँ स्थित मिलिजुली समाज सेवा युवा क्लबका अध्यक्ष मण्डुक रोकाया जानकारी दिए ।
स्थानीय बासिन्दाले पुर्खादेखि धार्मिक रुपमा पुजापाठ गर्दै आएकाे गम्बाकाे भान्सा काेठामा आगलागीबाट लाखौंको क्षेति हुदा पुन निर्माणकाे लागि आर्थिक अभाव रहेकाे राेकायाले बताएका छन । दुखद घटना भएकाे भन्दै गुम्बाकाे पुन:निर्माण तथा मर्मतसम्भारकाे लागि तत्काल पुर्व शहरी बिकास मन्त्री धन बहादुर बुढाले रु २० हजार रुपैयाँ सहयाेग गरेका क्लबका अध्यक्ष राेकायाले बताए। उनले पुर्व मन्त्री बुढालाई धन्यवाद दिदै अन्य सहयाेगी मनहरुलाई पनि सहयाेग गरिदिन आग्रह गरेका छन।

फोक्सुण्डो खबर । ३० मंसिर २०८२, सोमबार