“कर्णालीकाे ब्यथा” कबिता // फा. कृष्ण नन्दन मेहेता

कर्णालीको ब्यथा….

डोको स्ट्रेचरमा बिरामी, गर्भवती सुत्केरी पिडाले गुमाउँछन कतिपयले जान
एउटा सहज बाटो यातायात र अस्पताल भए, बचाउन सकिन्थ्यो कैयौंको प्राण !१!
कहिले बुझ्ला नेता, कर्णालीको ब्यथा

रारा फोक्सुण्डो जगदुल्ला ताल, मुर्मा टप चन्दननाथ मन्दिर अरु छन पर्यटकिय स्थल
उचित प्रबर्द्धन गर्न सके सृजना हुन्छ रोजगार, बढ्छ आय र जनताको जीवन स्तर !२!
कहिले बुझ्ला नेता, कर्णालीको ब्यथा

१७ सताब्दीको से-गुम्बा, पुरानो मानव सभ्यता: सिन्जा उपत्यका र कर्णालीको पवित्र माटो
पाउन सकेको छैन उच्च सम्मान, नभएर प्रयाप्त प्रचार प्रसार र मोटर बाटो घाटो !३!
कहिले बुझ्ला नेता, कर्णालीको ब्यथा

जडिबुटी फलफूल उब्जाउ हुन्छ अन्न
स्रोत साधन बजार नभएर, किसानले पाएको छैन उचित दाम !४!
कहिले बुझ्ला नेता, कर्णालीको ब्यथा

छैन सडक संजाल, गाउँ घरमा विद्युत बती पानी
शिक्षा स्वास्थ्य रोजगारको अवस्था पनि जिर्ण छ सबले जानी जानी !५!
कहिले बुझ्ला नेता, कर्णालीको ब्यथा

बजार बस्तु भाव, गुड्न उडन खाद्यान्नको समस्या
कहिले सम्म सास्ती भोग्छ्न, सोझासाझा जनता
कहिले बुझ्ला नेता, कर्णालीको ब्यथा !६!

✍️फा. कृष्ण नन्दन मेहता
देवानगन्ज-३, सुनसरी, नेपाल

साहित्यकार मेहेता जिल्ला अस्पताल डाेल्पामा फार्मेसीमा कार्यरत छन।

तपाईको प्रतिक्रिया