डाेल्पामा २१२ औं भानु जन्मजयन्ती दुनै बाेर्डिङ स्कुलका बिधार्थी द्वारा कविता वाचन

डाेल्पा । डाेल्पाकाे सदरमुकाम दुनै बजारमा  २१२ औं भानु जन्मजयन्ती विभिन्न कार्यक्रम मनाइएको छ। भानु जयन्तीको अवसरमा दुनै बाेडिङ स्कुलकाे आयाेजनामा बिरेन्द्र चाेक स्थित दुनै बाेडिङ स्कुलका २५ जना भन्दा बढी बालबालिकाले कविता वाचन गरि भानु जयन्ती मनाएका छन।

आदिकवी भानुभक्त आचार्यकाे ११२ औं जन्म जयन्तीको अवसरमा दुनै बजारमा कविता वाचन गर्दै  बजार परिक्रमा गरि विच बजारमा विधार्थीहरुले कविता वाचन गरेकाे दुनै बाेडिङ स्कुलका प्रिन्सिपल लाेकेन्द्र जैसीले बताएका छन। आफ्नै सृजनामा कविता वाचन गर्ने विधार्थीलाई स्टेसनरी पुरस्कार वितरण गरिएको उनले बताए । विगतका बर्षमा विधालयमा कार्यक्रम गर्ने गरेकाे तर याे बर्ष साहित्य मार्फत सचेतना फैलाउने उदेश्यले बजारमा कार्यक्रम आयाेजना गरेकाे प्रिन्सिपल जैसीले बताए ।

जिल्लामा दुनै बाेडिङ स्कुलले विभिन्न किसिमका दिवस तथा समारोहमा सचेतना मुलक कार्यक्रम गर्दै आएकाे छ।

तपाईको प्रतिक्रिया