डाेल्पामा जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न,स्थानीय तहकाे सहभागीता कम्जोर

डाेल्पा । जिल्ला समन्वय समिति डाेल्पाकाे आयाेजनामा जिल्ला स्तरीय बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ। आइतबार जिल्ला सदरमुकाम दुनै बजार स्थित जिल्ला समन्वय समितिकाे सभा हलमा आर्थिक बर्ष २०८१/८२ मा भएगरेका प्रगति विवरण प्रस्तुत गरिएको थियाे।

बार्षिक समीक्षा कार्यक्रममा सहभागी सरकारी तथा गैरसरकारी  कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आआफ्नाे प्रगति विवरण प्रस्तुतीकरण द्वारा जानकारी गराएका थिए। डाेल्पामा आठ वटा स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका कार्यालयहरु रहेका छन। समीक्षा कार्यक्रममा प्रदेश र संघीय मातहतका केही कार्यालय सहभागी नभएता पनि दुई वटा मात्र स्थानीय तह सहभागी भएका थिए । त्रिपुरासुन्दरी नगरपालिका , शे फाेक्सुण्डाे गाउँपालिका र मुड्केचुला गाउँपालिकाले बार्षिक समीक्षा कार्यक्रममा सहभागी जनाएको थियाे ।

नेपालकाे संविधान अनुसार जिल्ला समन्वय समितिकाे आयाेजनामा जिल्ला स्थित सबै कार्यालय, स्थानीय तहकाे सहभागीतामा एक आ.ब मा नीति तथा कार्यक्रम अनुसार भएका गतिविधिकाे जानकारी तथा समीक्षा गर्ने कानुनी व्यवस्था रहेकाे छ।

बार्षिक समीक्षा कार्यक्रममा सहभागी हुनकाे लागि पत्राचार गरेतापनि केही कार्यालय र केह स्थानीय तह सहभागी नभएकाे भन्दै जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले आक्राेश व्यक्त गरेका छन। अटेर गर्ने मनपरी चल्ने कार्यालय र स्थानीय तहलाई संविधानले दिएकाे कानुनी अधिकार प्रयाेग गर्ने पनि जिसस प्रमुख राेकायाले चेतावनी दिएका छन।

बार्षिक समीक्षा भनेकाे भएका राम्रा कामहरु एक आपसमा सेयर गर्ने र केही सुधार गर्नु पर्ने कुराहरुकाे सुझाव लिने ठाउँ भएकाे यस्ता खालका जिल्ला स्तरीय समीक्षा कार्यक्रममा नियमित सहभागीता जनाउन प्रमुख जिल्ला अधिकारी राेम बहादुर महतले आग्रह गरेका छन। डाेल्पाका स्थानीय तहरुले एक आपसमा समझदारी गरे मात्र विकास सम्भव रहेकाे तर मनपरि जसरी पनि चल्छ चलेकाे छ भन्ने तरिकाले स्थानीय सरकार संचालन भएमा नागरिकले आशा गरेकाे जस्तो उपलब्धि हुन नसक्ने प्रजिअ महतले बताए। सार्वजनिक साझा कार्यक्रममा सबैलाई सहभागीता जनाउन पनि उनले आग्रह गरेका छन।

तपाईको प्रतिक्रिया